• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

वीरेन्द्रनगरमा असहाय बालवालिकालाई झोला

सुर्खेत । वीरेन्द्रनगर २ का असाहाय बालवालिकाहरुलाई बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले शैक्षिक सामग्री सहयोग गरेका छन्  ।  स्थानीय प्रभात मावि कोलडाँडामा अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई केसीले झोला  र कापि कलम उपलब्ध गराएका हुन् । शिर्षकको समाचार प्रकाशनमा भएपछि डाक्टर केसीले बालवालिकाहरुलाई सहयोग गरेका हुन् । 

विद्यालयका प्रध्यानाध्यापक भीमबहादुर खड्का र डाक्टर केसीले संयुक्त रुपमा शैक्षिक सामग्री प्रदान गरेका हुन् । विपन्न र असाहाय बालवालिकाको पढाइलेखाइमा सहयोग होस् भन्ने उद्देश्यले सहयोग गरेको डाक्टर केसीले बताए । ‘गरिवीको कारणले कोही पनि बालवालिकाहरु विद्यालय जानबाट वञ्चित हुन नपरोस्’ उनले भने, ‘जसले गर्दा बालवालिकाहरु विद्यालयमा नियमित होउन र सहज तरिकाले पढ्न पाउन भन्ने उद्देश्यले सहयोग गरेको हुँ ।’ 

आर्थिक अवस्था कमजोर भएका र बुवा आमा नभएका यस्ता बालवालिका  कापिकलम र झोला नलिएरै विद्यालय जाने गरेका थिए । बिना पोशाक र कापिकलम विद्यालय आउँदा पढाइलेखाइमा समस्या भएको विद्यालयका प्रध्यानाध्यापक भीमबहादुर खड्काले बताए । जसका कारण उनीहरु विद्यालयमा नियमित हुन समस्या थियो ।

कतिपय बालवालिका भाइबहिनीको पढाउन आफै नपढेर बसेका छन् । विद्यालयमा  अध्ययनरत करिव पाँच सय विद्यार्थी नै न्युन आर्थिक अवस्थाका बालवालिका रहेको उनले बताए । जसमध्ये एक चौथाई जति बुवाआमा नभएको तथा वुवा वा आमा नभएको रहेको खड्काले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर