हावाहुरीबाट कैलालीमा ७ हजार ८ सय ४४ जना प्रभावित

धनगढी  ।  कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । विनाशकारी हावाहुरीबाट कैलालीमा मात्रै ७ हजार ८ सय ४४ जना प्रभावित भएका छन् भने, २ हजार २१६ घरमा क्षति पु¥याएको छ । हावाहुरीले ८४ जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलाली क्षतिको बिवरण अझै बढ्न सक्ने जनाएको छ । हावाहुरीले सबै भन्दा बढि धनगढी उपमहानगरपालिकामा क्षति पुराएको छ । त्यसपछि गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा क्षति पुराएको स्थानीय प्रशासनले जनाएको छ ।

हावाहुरीले कैलालीको धनगढी उपमहानगरपालिकामा गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा सबै भन्दा बढि क्षति पुराएको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहराज जोशीले बताए ।

धनगढी उपमहानगरपालिकामा मात्रै ३ हजार १ सय ४६ जना प्रभाबित भएका छन् भने १ हजार ५२ घरमा क्षति पुगेको उनको भनाई छ । गोदावरीमा १ हजार जना प्रभाबित भएका छन् भने ३५० घरमा क्षति पुराएको छ ।

कैलाली गाउँपालिकामा १ हजार ५ सय प्रभाबित भएका छन् भने १०० घरमा क्षति पुगेको छ । ती तीन स्थानीय तहमा १ जनाको जयान गएको छ भने ७६ जना घाइते भएका छन् ।

कैलालीका १३ वटै स्थानीय तनहको अवस्था दर्दनाक रहेको नेपाल रेडक्रस सोसाइटी कैलालीका अध्यक्ष उत्तम जोशीले बताए । हावाहुरीमा परि गोदावरी नगरपालिकामा १ जनाले र टीकापुर नगरपालिकामा एक जनाले ज्यान गुमाएका छन् । 

हावाहुरी पीडित भने ४ दिन देखी खुला आकास मुनि रात काट्न बाध्य छन् । बर्षभरीका लागि संगालेको खाद्यान्न हावाहुरीले नष्ट गरिदिएपछि उनीहरुको बिचल्ली भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले प्रारम्भिक विवरण सार्वजनिक गर्दै राहातलाई व्यवस्थित गर्ने दाबी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहराज जोशीले कैलालीमा अधिकांस क्षेत्रमा पाल उपलब्ध गराउनु पर्ने अवस्था रहेको बताए ।

बिहिबारको हावाहुरीले कैलाललीमा सबै भन्दा बढि प्रभाव धनगढी उपमहानगर पालिकामा प¥यो भने सबै भन्दा कम प्रभाव गौरिगंगा नगरपालिका पारेको थियो । गौरिगंगामा ६० जना प्रभाबित भए भने २० वटा घरमा क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर