सरकार दुई तिहाईको बलमा संविधान र कानून भन्दा माथि उठेको आरोप

कास्की । नेपाली काग्रेस केन्द्रिय सदस्य अर्जुन जोशिले ओली सरकार दुई तिहाईको बलमा संविधान र कानून भन्दा माथि उठेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक दलिय अधिनायकवाद तर्फ उन्मुख हुन सरकारले प्रेसलाई अंकुश लगाउन खोजेको आरोप लगाए । राष्ट्रिय जागरण अभियानका प्रतिनिधि समेत रहेका उनले सरकार भ्रष्टचारमा  लिप्त रहेका कारण जनताका आकांक्षा पुरा गर्न नसक्नेमा जोड दिए । 

नेता जोशिले सरकार भ्रष्टचारलाई संस्थागत गर्न  खोजेको बताउँदै सरकारले कांग्रेसका नेतालाई दोषी देखाएर भ्रष्टचारीलाई संरक्षण गरेको आरोप लगाए  । उनले भ्रष्टचार मुछिए कांग्रेसकै नेताको पनि सती जान नसकिने बताए ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसिले जागरण अभियानले ४० हजार कार्यकता माझ पार्टी संगठनलाई सदृढीकरण महत्वपूर्ण भूमिका खेलेको बताए ।

अभियानका क्रममा कास्कीका ७२ ईकाइमा ४ सय प्रतिनिधिहरुले पार्टीलाई मजबुत बनाउनका लागि सुझाव संकलन गरेको नेता केसीले जानकारी दिए 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर