• शुक्रबार ३-६-२०७६/Friday 06-21-2019/ 03:48 am

चीनमा साइबर आक्रमण अमेरिकाको सहयोगमा हुने गरेको बेइजिङको दावी

बेइजिङ । चिनियाँ नेटवर्कलाई लक्षित गरी हुने प्राय साइबर आक्रमण संयुक्त राज्य अमेरिकाका कारण हुने गरेको चीनको नेशनल कम्प्यूटर नेटवर्क  इमर्जेन्सी रेस्पोन्स टेक्निकल टिम (सीएनसीईआरटी)ले सोमबार सार्वजनिक एक बार्षिक प्रतिवेदनमा भनिएको छ ।

‘ट्रोजन तथा वोटनेट’ गतिविधिका आधारमा सन् २०१८ मा चीनको मूख्य भू–भागमा रहेका ३३ लाख ४० हजार कम्प्यूटरमा करिब १४ हजार ट्रोजन वा बोटनेटका कमाण्ड तथा कन्ट्रोल सर्भर (सी एण्ड सी सर्भर) अमेरिकाबाट सञ्चालित रहेको पाइएको सीएनसीईआरटीले प्रतिवेदनमा उल्लेख गरेको छ । यो सङ्ख्या सन् २०१७ को तुलनामा ९०.८ प्रतिशतले बढी हो ।

त्यसैगरी ३३ हजार २५ इन्टर्नेट प्रोटोकल (आइपी) एड्रेसहरू अमेरिकाबाट सञ्चालित रहेको र यो सन् २०१७ को तुलनामा ४३ प्रतिशतले बढी हो । अमेरिकाले तीन हजार ६०७ चिनियाँ वेबसाइटमा अनावश्यक तथा अपकारी (ट्रोजन) गतिविधिमार्फत समस्या उत्पन्न गराइने गरेको भेटिएको सीएनसीईआरटीले जनाएको छ ।

माथिका दुई श्रेणीमा आधारित रहेर हेर्दा चिनियाँ भू–भागमा कम्प्युटर तथा वेबसाइटमार्फत तथ्याङ्क चोरी हुने वा साइबर आक्रमण हुने समस्या सबैभन्दा बढी अमेरिकाबाट रहेको प्रतिवेदनमा उल्लेख छ । सिन्हुवा

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फेसबुकको डिजिटल मुद्रा एप ‘क्यालिब्रा’ सार्वजनिक

  • ३ असार, २०७६

एजेन्सी । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले डिजिटल मुन्द्रा एप ‘क्यालिब्रा’ लञ्च गरेको छ । फेसबुकको इतिहासमा यसलाई सबैभन्दा ठूलो

नेपालको स्याटेलाइट ‘नेपालीस्याट–१’ ले पृथ्वीको परिक्रमा सुरु गर्यो

  • २ असार, २०७६

काठमाडौं। गत वैशाख ५मा अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ । सोमबार अपरान्ह  ४

फेसबुकको नयाँ एप लञ्च, यसको प्रयोगकर्ताले पाउनेछन् पैसा !

  • २९ जेठ, २०७६

एजेन्सी । विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एक नयाँ एप लञ्च गरेको छ, जसको माध्यमबाट प्रयोगकर्ताले पैसा पाउँनेछन् । यद्यपी, पैसा