• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सैनिक ट्रयाक सुट खरिद बाेलपत्रमाथि नै प्रश्न, किन महंगो कम्पनी छानियाे ? 

९७ हजार ट्रयाक सुट खरिदमा अनियमितताकाे शंका

काठमाडौं । नेपाली सेनाले सार्वजनिक खरिद ऐन विपरित ट्रयाक सुट खरिद गर्न लागको रहस्य खुलेको छ । नेपाली सेनाका लागि ९६ हजार ७ सय ६६ ट्रयाक सुट खरिद गर्न २०७६ साल बैशा १५ गते बोलपत्र आब्हान गरिएको सूचना गोरखापत्र दैनिकमा छापिएको थियो । बोलपत्र अनुसार प्रतिस्पर्धामा विभिन्न ८ कम्पनी आएका थिए । 

जसमध्य नेपाली सेनाले सवैभन्दा कमलाई छनोट नगरि महंगो मुल्यमा खरिद गर्न खोज्ने कम्पनी रोजेको छ । सार्वजनिक खरिद ऐन अनुसार यसरी बोलपत्र आब्हान गर्दा सवैभन्दा कम मुल्य काम गर्न चाहने कम्पनीलाई रोज्नु पर्दछ । तर नेपाली सेनाले दोश्रो धेरै मुल्य भएको स्लोक ईन्टरप्राईजेजाई रोजेको हो । 

सेनाले खुलाएको उक्त बोलपत्रमा जे एम बि डी ईन्टरनेशनलले सवैभन्दा कम १२ करोड २१ लाख १८ हजार ६ सय ९२ रुपैंया राखेको थियाे । तर सेनाले छनोट गरेको कम्पनी रितेश अग्रवाल नाम गरेका व्यक्तीको भनिएको १५ करोड ६४ हजार ६६ रुपैंया मा खरिद गर्न तयार कम्पनी छानेकाे सैनिक श्रोतले जानकारी दियो ।

स्लोकाका अनुसार सेनाको ट्रयाक सुटलाई प्रति ओटा १५ सय ५१ रुपैंयाका दरले खरिद गर्नेगरि बोलपत्र परेको छ । स्लोकाले १५ करोड ६४ हजार ६६ रुपैंयामा खरिद गर्न सक्ने बताएको थियो भने कम मुल्य राखेको जेएमबिडी ईन्टरनेशनलले १२ सय ६२ रुपैंया प्रतिओटा ट्रयाक सुट तयार पार्ने बताएको थियो ।

सार्वजनिक खरिद ऐन को दफा २५ को उपदफा ५ मा  ‘बोलपत्रको मूल्याङ्कन बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भएको आधार र तरिका अनुसार गर्नु पर्नेछ, र त्यसरी मूल्याङ्कन गर्दा प्रत्येक बोलपत्रको मूल्याङ्कित रकम अर्को बोलपत्रको मूल्याङ्कित रकमसँग तुलना गरी न्यूनतम बोल अङ्क कबुल गर्ने बोलपत्र निर्धारण गर्नु पर्ने’ व्यवस्था छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यसबारेमा आफुले पाएको प्रारम्भिक सूचना अनुसार मापदण्ड अनुसार नै उत्कृष्ट देखिएको कम्पनी छनोट गरिएको समाचार दैनिकलाई बताए । ‘कानूनी परिक्षण, प्राविधिक र पूर्णता परिक्षणमा सक्षम देखिएको र मुल्य पनि तुलनात्मक रुपमा कम भएकोलाई छानिएको भन्ने मैले बुझेको छु,’ पाण्डेले भने ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर