• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

दिल्लीमा तापक्रमले रेकर्ड तोड्यो, जनजीवन प्रभावित

तस्विर : वेब

नयाँ दिल्ली । मनसुन सुरु हुनअघि भारतको दिल्लीमा भीषण गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ । सोमबार हालसम्मको सबै रेकर्ड तोड्दै दिल्लीको तापक्रम ४८ डिग्री सेल्सियस पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

मौसमको जानकारी दिने एक नीजि एजेन्सी ‘स्काईमेट’का अनुसार, सोमबार भारतको राजधानीमा इतिहासकै सबैभन्दा गर्मी दिन रहेको थियो । भारतको मौसम विभागअनुसार, दिल्लीको पालममा तापक्रम ४८ डिग्री सेल्सियस मापन गरिएको छ । 

प्रि–मनसुन सुरु हुनमा ढिलो भइरहेका कारण र तातो हावाका कारण दिल्लीमा गर्मी झेल्नु परेको हो । राजधानी दिल्लीमा बिहानको समयमै निक्कै चर्को घाम लाग्ने र मध्यान्हपछि तातो हावा चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सोमबार बिहान न्युनतम तापक्रम २७.२ डिग्री सेल्सियस मापन गरिएको छ । दुई दिनसम्म लुबाट राहन नमिल्लने र धुलोसँगै आँधी चल्न सक्ने भारतीय मौसम विभागले जनाएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर