उपमहानगरले घोषणा गर्यो प्रितमलाई बाल सदभावना दुत 

इटहरी ।  इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आर्चायलाई वाल सदभावना दुत घोषणा गरेको छ । मंगलबार एक कार्यक्रमका विच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले वालसदभावना दुत घोषणा गरिएको पत्र प्रदान गरेका छन् ।

 प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरेका छन् ।  । कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद समेत दिए  । 

उनलले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको वताए । प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना कमना गरे ।

 बाल गायक प्रितमले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुर्याएको सर्पोट र माया प्रति आभार प्रकट गरे  । 

सयअघि भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा प्रदान  र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाई गरेका थिए । 

 प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रो भएर हिजो इटहरी फर्किएका हुन । प्रितमले वालसदभावना दुत घोषणा  कार्यक्रममा देशले रगतमागे मलाईवलि चढाउ वोलको चर्चित गीत गाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर