• शनिबार ६-४-२०७६/Saturday 09-21-2019/ 12:02 am

एक अर्बको ऋणपत्र जारी गर्दै प्रभु बैंक, कति पायो रेटिङ ?

काठमाडौं । प्रभु बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले निष्काशन गर्न लागेको उक्त ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ प्रदान गरेको छ । 

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा कुल १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि निष्काशन हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यो ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशनका लागि बैंकले सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गर्नेछ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चाडपर्वको मुखमा सरकारले ग्यासको मूल्य घटायो

  • ३ असोज, २०७६

काठमाडौं । नेपाली हिन्दुहरुको पर्व दशै,तिहार नजिकिरहेका बेला सरकारले खानापकाउने ग्यासको मूल्य घटाएको छ ।  नेपाल आयल निगमले खाना पकाउने ग्यास र

लाभांश पारित गर्ने प्रस्तावसहित माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा

  • ३ असोज, २०७६

काठमाडौं । माछापुच्छ्रे बैंकले असोज २४ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने भनि ५ प्रतिशत बोनस

जलविद्युत अभियान्ता तथा पूर्वसांसद हरी बैरागी दाहालको निधन

  • ३ असोज, २०७६

काठमाडौं । पुर्व सांसद हरी बैरागी दाहालको आकस्मिक निधनको भएको छ । जलविद्युत अभियान्ता समेत रहेका बैरागी संखुवासभाली जनताको प्रिय नेताका रुपमा