फिल्म मारुनीको गीत ‘जाम न माया जाम’ गीत सार्वजनिक

काठमाडौं । फिल्म मारुनीको गीत ‘जाम न माया जाम’ सार्वजनिक भएको छ । गीतमा दीपक बज्राचार्यको स्वर तथा संगीत रहेको छ । फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउने छ ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको छ ।

 नवल नेपालको निर्देशन रहेको फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, सौर्य अधिकारीको अभिनय रहेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर