• शुक्रबार ३-६-२०७६/Friday 06-21-2019/ 03:06 am

६ मिनेट बोल्न रोष्टममा पुगेका सांसद ४ मिनेटसम्म मौन बसेपछि...[भिडियो]

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कैलालीका सांसद झपट रावल सभामुखले समय दिएपछि संसदमा बोल्न पुगे । संसदको रोष्टममा पुगेपछि अरु सांसदभन्दा बेग्लै प्रस्तुत भए रावल । 

उनी रोष्टममा पुगेर चुप उभिइरहे । 

उनी केही नबोलेपछि सभामुखको आसनबाट राधा ज्ञवालीले भनिन्–‘माननियज्यू के भयो ?’ प्रश्नको जवाफ सांसद रावले नसोचिएको नै दिए । उनले भने–‘केही नभएकाले सभामुख महोदय, नबोलेको ।’ 

केहीबेर सांसद रावल चुप बसेपछि उनको मौन विरोधको बारेमा ध्यानाकर्षण भइसकेको सभामुखले बताइरहँदा उनी बोलेका थिएनन् । ६ मिनेटको समय पाएका रावल झण्डै ४ मिनेट मौन नै बसे ।  

मन्त्री इस्तियाक राईले बजेट विनियोजन गर्दा आफूहरुलाई विभेद गरेको उनले बताए । उनले मन्त्री इस्तियाक राईलाई ‘विभेदकारी’को आरोप पनि लगाए ।

सत्तारुढ दलको सांसद भएका कारण सरकारको आलोचना गर्न नमिल्ने भएकाले आफू मौन बसेको स्पष्टिकरणसमेत उनले दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भ्रष्टाचारको आरोपमा गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनाविरुद्द मुद्दा

  • ५ असार, २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसहित १३ जनाविरुद्ध मुद्दा दायर

केन्द्र सरकारले मधेसमाथि नाकाबन्दी लगायो : महन्थ ठाकुर 

  • ५ असार, २०७६

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सरकार कानुन मार्फत मधेसी जनताको अधिकार कटौति गर्न लागेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको

विद्येयक फिर्ता गर्नु ‘बहादुरी’ होइन : गच्छदार

  • ५ असार, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले गुठी विधेयकका सम्बन्धमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी