महानगरस्तरीय राष्ट्रपति कप जेठ ३१ देखि 

पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा जेठ ३१ गतेदेखि महानगरस्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता पोखरा रंगशालामा हुने भएको छ । 
असार २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जेठ ३० सम्म जिल्ला खेलकुद विकास समितिको कार्यालयमा खेलाडीको नाम दर्ता गर्न सकिने महानगरले जनाएको छ । प्रतियोगतामा विद्यालयमा अध्ययनरत १८ वर्ष भन्दा कम उमेरका विद्यार्थी सहभागी हुन पाउनेछन् ।

प्रतियोगितामा छात्र, छात्रातर्फ भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टका विभिन्न खेलहरु समावेश गरिएको महानगरका शिक्षा महाशाखा अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरुलाई नगदसहित मेडल प्रदान गरिने छ । 

प्रतियोगितामा अनिवार्य रुपमा सहभागी हुन् सामुदायिक तथा संस्थागत विद्यालयलाई महानगरले अनुरोध गरेको छ । प्रतियोगिता सञ्चालन गर्न वडा नम्बर १० का वडाध्यक्ष राजकुमार गुरुङको संयोजकत्वमा प्राविधिक तथा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर