धनगढी विमानस्थलमा बुधबारबाट सुचारु हुने

धनगढी । धावनमार्ग स्तरबृद्धिको लागी एक महिना अघि बन्द धनगढी विमानस्थल बुधबारबाट सुचारु हुने भएको छ । धनगढी विमानस्थलको धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि गत वैशाख २२ गतेबाट हवाई उडान बन्द गरेर काम भइरहेको छ ।

धावनमार्ग स्तरबृद्धिको कार्य अन्तिम चरणमा पुगेकाले बुधबारदेखि विमानस्थलमा नियमित उडान सुरु गर्ने तयारी भइरहेको विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले जानकारी दिए ।

धावनमार्ग जीर्ण रहेको क्षेत्रमा ८ सय ५० मिटर लम्बाई र साढे ४ फिट गहिराइको खाडल पुरिसकेपछि कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

बुधवारबाट विमानस्थल सुचारु हुने भएकाले विमान कम्पनीसँग नियमित उडानकालागि छलफलभइरहेको धनगढी विमानस्थल प्रमुख बुढथापाले बताए ।

धावनमार्ग र पार्किङ क्षेत्र विस्तारका लागि गत वैशाख २२ गतेदेखि विमानस्थल बन्द गरिएकोमा समयमै स्तर बृद्धिको कार्य नसकिएपछि एक हप्ता समय थप गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर