कलाकार संघको नयाँ कार्यसमितिले गरे सपथ ग्रहण

तस्बिर कलाकार रेजिना उप्रेतीको फेसबुकबाट

काठमाडौं ।  चलचित्र कलाकार संघको १७ औं साधारणसभा सम्पन्न् भएको छ । उक्त साधारणसभामा भएको नयाँ कार्यसमितिको चुनावमा रबिन्द्र खड्का अध्यक्षसहित उनकै प्यनल विजयी भएको छ । निर्वाचित नयाँ कार्यसमितिले मंगलबार  पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

उक्त सपथ ग्रहण कार्यक्रममा वरिष्ठ अभिनेता तथा नेपाल फिल्म सोसाईटीका अधक्ष्य कृष्ण मल्ल, निर्देशक समाजको अधक्ष्य सुचित्रा श्रेष्ठ, निर्माता तथा नायक मदु कुमार श्रेष्ठ लगायत कलाकारहरुले उपस्थिति जनाएका थिए । 

संघको नव अधक्ष्य रबिन्द्र खड्का उपाध्यक्षमा,  रेजिना उप्रेती उपाध्यक्ष ,सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह राजा, सचिव पनाह अधिकारी, कोषाध्यक्ष सुनिल कटुवाल, सह(कोषाध्यक्ष )पवित्रा आचार्य तथा सदस्यहरु शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडाहरु को उपस्थितिमा प्रमुख निर्बाचन आयुक्त राजेन्द्र सलभले सपथ ग्रहण गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर