• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

युराेकप छनाैटमा बेल्जियम अपराजित

एजेन्सी –  युरोकप छनोटमा  बेल्रजियमले अपराजित यात्रालाइ कायम राखेकाे छ । रोमेल लुकाकुको दुई गोल मद्दतमा बेल्जियमले जित दिलाएकाे हाे ।  अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बेल्जियमले स्कटल्यान्डमाथि ३–० सहज जित हात पारेको हो । घरेलु मैदानमा बेल्जियमका लागि केभिन डि ब्रुयनले एक गोल थपे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा रोमेलु लुकाकुले गोल गर्दै कप्तान इडेन हजार्डको पासमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

५७औं मिनेटमा लुकाकुले केभिन डि ब्रुयनको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ९०औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै बेल्जियमलाई ३–० को सहज जित दिलाए ।

जितसँगै बेल्जियम समूह ‘आई’ मा ४ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । स्कटल्यान्ड ६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा रसियाले साइप्रसलाई १–० ले हरायो । जितसँगै रसिया ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । साइप्रस ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

अर्काे खेलमा काजकस्तानले सान मारिनोमाथि ४–० को फराकिलो जित निकाल्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर