• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध अष्ट्रेलिया भिड्दै

एकदिवशीय विश्वकपमा बुधबार पाकिस्तानविरुद्ध अष्ट्रेलिया भिड्दैछन् ।  खेल टाउटोनको काउन्टी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । आफ्नो पूरा तागतका साथ अष्ट्रेलियाको बलिङ आक्रमढा भारतबिरुद्धको खेलमा संघर्षरत देखिएको थियो । 

त्यसको विपरित पाकिस्तान टिम जसले युएईमा अष्ट्रेलियाबिरुद्धको श्रृंखला ५–० ले पराजित भएको थियो ।  टाउटोनमा बुधबार सुख्खा र बदलीयुक्त दिनको पूर्वानुमान गरिएको छ । 
इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा निरन्तरको वर्षाले गर्दा खेलहरु अवरुद्ध हुँदै आएपछि प्रतियोगिता नै खल्लो बन्न थालेको छ ।

केही खेलहरु वर्षा हुँदा ओभर घटाएर भएपनि ‘डकवर्थ लेविस’ नियमानुसार निर्णय हुँदै आएकामा अहिलेसम्म तीन खेल वर्षाले पूरा नै हुन सकेनन् । जसका कारण मंगलबार श्रीलंका र बंगलादेशबीच टससमेत हुन नसकेपछि खेल रद्द हुँदा एक एक अंक बाँड्न पुगे ।

यसअघि, श्रीलंका र पाकिस्तान तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल पनि रद्द भएको थियो ।  कुनैपनि विश्वकपमा तीन खेल रद्द भएको यो पहिलोपटक हो । यसअघि, तीन विश्वकपमा दुई खेल वर्षाका कारण रद्द भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर