• शुक्रबार ३-६-२०७६/Friday 06-21-2019/ 03:41 am

ललित स्मृति च्याम्पियनसिप आजदेखि सुरु हुँदै

ललितपुर । चौथो संस्करणको ललित स्मृति फुटबल च्याम्पियनसिप बुधबारदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले प्रत्येक वर्ष आयोजना गर्दै आएको सो १८ वर्षमुनिको प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेलमा बुधबार दिउँसो २ बजे न्यूरोड टिम एनआरटी र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ‘लिगकम नकआउट’का आधारमा हुने प्रतियोगितामा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।

समूह चरणका विजेता र उपविजेतासहित तेस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । विजेताले तीन लाख तथा उपविजेताले डेढ लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको फाइनल खेल आगामी असार ३१ गते हुनेछ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पोखरामा राष्ट्रिय बिच भलिबल प्रतियोगिता शुरु, गण्डकीको विजयी शुरुवात

  • ५ असार, २०७६

पोखरा । पोखरामा बिहीबार देखी पुरुष तथा महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिता शुरु भएको छ । जिल्ला भलिबल संघको आयोजनामा भएको छैटौँ महिला तथा सातौँ

कोपा अमेरिका फुटवल : अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन

  • ५ असार, २०७६

कोपा अमेरिकी फुटबलमा अर्जेन्टिनाले पाराग्वेसंग बराबरी खेलेको छ । बिहिबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसंग १–१ गोलको बराबरी खेलेको हो

विश्वकप क्रिकेट : बंगलादेशले अष्ट्रेलियाको सामना गर्दै

  • ५ असार, २०७६

आईसीसी एकदिवशीय विश्वकपमा बिहीबार बंगलादेशले अष्ट्रेलियाको सामना गर्दै छ ।  नटिङघमको ट्रेन्ट ब्रिजमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३