• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

खेतबारीमा सयौंको संख्यामा नयाँ कार पार्किङ

भारतको हिमाचल प्रदेशको राजधानी शिमला नजिकैका स–साना डाँडाका कान्लामा सयौंको संख्यामा नयाँ कार पार्किङ गरिएको छ । बाँझो जमिन अहिले मोटर कम्पनीले भाडामा लिएर नयाँ गाडी पार्किङ गर्ने थलो बनाएको हो ।  कुनै बेला अन्न तथा तरकारी खेती हुने खेतबारीमा नयाँ कार पार्किङ गर्नु स्थानीय किसानको बाध्यता हो ।

शिमला परवानु राष्ट्रिय राजमार्गस्थित शोगी गाउँमा कयौं किसानले खेती गर्न छाडेका छन् । बँदेल, बाँदर र नील गाईले बाली नष्ट गर्न थालेपछि उनीहरुले खेती छाडेका हुन् ।

स्थानीय कृषकका अनुसार जंगली जनावरले बाली नोक्सान गर्न थालेपछि बाँझो छाडिएको खेतबारी विभिन्न मोटर कम्पनीले भाडामा लिएर पार्किङस्थल बनाएका हुन् । ती खेतबारीमा नयाँ मोटर ल्याएर पार्किङ गरिन्छ । आवश्यकताअनुसार त्यहाँबाट ‘शो–रुम’मा लगेर बेचिन्छ ।

खाली रहेको जमिनबाट स्थानीयले मासिक ८–१० हजार रुपैयाँ पाउछन् ।  शिमलाबाट २०–२५ किलोमिटरको दूरीमा रहेका ५–६ गाउँमा एक हजारभन्दा बढी कार पार्किङ गरिएको बीबीसीको समचारमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर