• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कारागारभित्र विष सेवन गर्नेको मृत्यु, श्रीमती गम्भीर

बाँके– बाँके जिल्ला कारागार भित्रै विष सेवन गर्ने कैदी सुनिल तिवारीको मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–३ करमोहना घर भएका तिवारीले जेलभित्रै विष सेवन गरेका हुन् ।

लागुऔषध काण्डमा जेल सजाय भोगिरहेका सुनिल दुई वर्षदेखि नेपालगञ्जस्थित कारागारमा थिए ।

अदालतले सुनिललाई थप सात वर्ष जेल सजाय सुनाएको थियो । पेट दुखिरहेको भनेर नजिकै रहेको अस्पतालमा उपचारका लागि भेरी अस्पताल गएका तिवारीले उतैबाट श्रीमतीको सहयोगमा विष सेवन गरेको हुन सक्ने कारागारका जेलर भरत पाण्डेले बताए ।

उनका अनुसार तिवारीलाई नियमित जाँच गराउन लगेको अवस्थामा श्रीमतीको सहयोगले तिवारी र उनकी श्रीमतीले विष सेवन गरेर गम्भीर भएको अवस्थामा दुवैलाई नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि पु¥याएकामा तिवारीको मृत्यु भएको छ भने श्रीमतीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर