• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

स्वस्थ यौन जीवनका लागि खानुहोस् यी खानेकुरा

फर्सीको बियाँ

फर्सीको बियाँमा शरीरमा आवश्यक ‘ट्रिप्टोफ्यान’ नामक एमिने एसिड पाइन्छ। यसले मस्तिष्कमा ‘सेरोटोनिन’ हर्मोन उत्पादन गर्ने र शरीरमा त्यसको प्रसारण गर्न सहयोग गर्छ। जसले यौन क्षमता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

केरा

पोटासियम लवणको सबैभन्दा ठूलो स्रोत हो केरा। उच्च सोडियमयुक्त खानेकुराले शरीरमा पार्ने नकारात्मक असरलाई घटाउँछ । यसको सेवनले शरीरमा नुनको खराब असर घट्न जान्छ र रक्तप्रवाहमा वृद्धि हुन्छ।

दालचिनी

दालचिनीले पुरुषमा यौनेच्छा बढाउन तथा यौन क्षमता वृद्धि गर्न सहयोग गर्छ। दिनहुँ चिया तथा कफीमा दालचिनी मिसाएर खानु अति उत्तम हुन्छ।

खरबुजा

खरबुजामा एन्टी अक्सिडेन्ट तत्त्व पर्याप्त पाइन्छ। खरबुजालाई यौनबर्धक पनि मानिन्छ। फलफूलमा यसको सेवनले यौनक्षमता वृद्धि गर्न ठूलो सहयोग गर्छ।

पालुंगो

पालुंगोको सेवनले यौनांग क्षेत्रमा रक्तप्रवाह बढाउँदछ। यसमा पाइने म्याग्नेसियम लगायतका लवणले रक्तनली सुन्निने समस्या हटाउँछ, जसका कारण रक्तप्रवाह बढ्दछ। रक्तप्रवाह बढ्दा मानिसमा यौनेच्छा तथा यौन क्षमता दुवै बढ्छ। नियमित रूपमा पालुंगोको सागको सेवन गर्ने महिलामा छोटो समयमै चरम आनन्द प्राप्त हुने विभिन्न अध्ययनले देखाएका छन्।

खुर्सानी

खुर्सानीका कारण शरीरको ‘इन्डोफिर्न हर्मोन’ सक्रिय बन्दछ । यसबाट को रीरमा पसिना छुट्ने र मुटुको गति पनि बढ्छ। यसबाट यौनक्रिडाका लागि आवश्यक क्षेत्रमा रक्तप्रवाह बढ्छ।

ग्रिन टीः ग्रिन टी मा क्याटेचिन्स नामक यौगिक पर्याप्त हुन्छ । यसले पेटको बोसो गलाउने, कलेजोको क्षमता बढाउने तथा बोसोलाई उर्जामा बदल्ने काम गर्छ। साथै यो यौगिकले यौनांग क्षेत्रमा रक्तप्रवाह बढाएर यौनेच्छामा वृद्धि गर्छ।

अदुवा

अदुवाले पनि रक्तप्रवाह बढाउने तथा धमनीहरुलाई स्वस्थ राख्नमा सहयोग पुर्याउँछ जसले मानिसको यौन इच्छा तथा यौन क्षमता वृद्धि हुन्छ।

अलैंची

अलैंचीमा सिनेओले नामक एक यौगिक हुन्छ जसले जनन्द्रियमा रक्तप्रवाहलाई बढाउँछ। यसले गर्दा कडा इरेक्सन प्राप्त हुन्छ।

किसमिस

किसमिसले पनि सेक्स ड्राइभलाई बढाउँछ । किसमिसको सेवनबाट कैयौं प्रकारका यौनजन्य समस्या, जस्तै इरेक्टाइल डिसफङ्सन आदिबाट छुटकारा पाउन सकिन्छ। यसले शरीरमा उर्जा बढाउनुका साथै सेक्सको समयमा पनि सहयोग गर्छ।

बदाम

बदाममा हुने फ्याटी एसिडले पुरुषहरुमा हार्मोन उत्पादनमा मुख्य भूमिका खेल्छ। काँचो बदाम खाँदा अझै बढी फाइदा हुन्छ।

चकलेट

चकलेटमा एन्टीअक्सिडेन्ट तत्त्व पाइन्छ जो मुटुका लागि निकै लाभदायी हुन्छ। चकलेटको सेवनले शरीरबाट ‘मूड’ जगाउने रसायनको उत्पादन हुन्छ। जसका कारण मानिसमा यौनेच्छा प्रकट हुन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर