• शुक्रबार ३-६-२०७६/Friday 06-21-2019/ 03:05 am

दाँत पहेलाे भयाे अपनाउनुस् यि कुरा

पहेँलो दाँतकाकारण कतिपय मानिस खुलेर हाँस्नसमेत हिच्किचाउँछन्। दाँत पहेँलो बनाउने कैयौँ कारण हुन्छन्। बढी चिया, कफी, तमाखु र चुरोटको प्रयोगले पनि दाँत पहेँलाे हुन सक्छ। यस्तो समस्याको समाधान  घरमै सजिलैसँग गर्न सकिन्छ।

कागती

दाँतको पहेँलोपनबाट छुटकारा पाउन कागती महत्त्वपूर्ण वस्तु  हो। त्यसका लागि कागतीको रसमा नुन मिसाएर दाँतमा लगाउन सकिन्छ।  केही समयपछि कुल्ला गर्न सकिन्छ । दुई हप्तासम्म लगातार यसो गर्दा दाँतको पहेँलोपन सफा हुन्छ।

खाने सोडा

टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्न सकिन्छ। यसमा कागती मिश्रण गरेर पनि मुख कुल्ला गर्न सकिन्छ। बेकिङ सोडालाई पानीमा घोलेर तयार पारेको मिश्रणले हप्ताको दुई दिन दाँत रगड्नुपर्छ। दाँत सफा हुन्छ।

नरिवलको तेल

एक चम्चा नरिवलको तेल लिएर त्यसलाई आफ्नो दाँतमा लगाउन सक्नुहुन्छ। साथै, टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर केही मिनेटसम्म दाँत ब्रस गरी कुल्ला गरेमा दाँत चम्किन्छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्वास्थ्य विज्ञान  प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा स्थगित  

  • ५ असार, २०७६

धरान–विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गरेको छ । असार ७ गते

भिटामिन ए कमी हुदाँ के समस्या हुन्छ

  • ५ असार, २०७६

 भिटामिन एको कमी भएमा बालबालिकाको पूर्ण शारीरिक तथा मानसिक विकासमा बाधा आउँछ। भिटामिन ए कमी भएमा बच्चाको मांसपेसी र हड्डी कमजोर हुने हुन्छ।

नवदाम्पत्य जोडीलाई बधाई कार्ड, गर्भवतीलाई शुभकामना कार्ड वितरण

  • ५ असार, २०७६

कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखालृ नव दाम्पत्य जोडीलाई बधाई कार्ड र गर्भवती महिलालाई शुभकाना कार्ड