आइपीओमा नजाँदै आदर्श लघुवित्त मर्जरमा

काठमाडौं ।  प्राथमिक सेयर आइपीओ निष्काशन गर्नु अगावै आदर्श लघुवित्त वित्तीय संस्थाले पनि मर्जरमा जाने भएको छ । 

कम्पनीले मर्जर वा एक्विजिशनमा जान सकिने दुवै विकल्प खुला राख्दै साधारणसभा आव्हान गरेको  छ । आदर्शले असार ५ गते बिहीबार  सुनकोशी गाउँपालिका–५ मुलकोट, सिन्धुलीमा बस्ने गरी सभाको आव्हान गरेको छ । सभाले मर्ज वा एक्विजिशनमा जाने निर्णय गर्नेअख्तियारी लघुवित्त सञ्चालक समितिलाई प्रदान गर्नेछ । 

त्यस्तै सभाले सञ्चालक समितिमा संस्थागत सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको चयन गर्ने,  लघुवित्तको आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, २०७५/७६ का लागि लेखापरीक्षक नियुक्त गर्नेछ । 

२०७५ पुस १ गतेदेखि सञ्चालनमा आएको आदर्शको केन्द्रिय कार्यलय महोत्तरी, बर्दीबासमा रहेको छ । एक करोड ४० लाख रुपैयाँ चुक्तापूँजी रहेको यस लघुवित्तले झापा, मोरङ, सुनसरी, महोत्तरी, काठमाडौं, उदयपुर, सिन्धुली, मकवानपुर, धादिङ र भक्तपुर गरी १० जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

आदर्श लघुवित्तले सञ्चालनमा आएको छ महिनाको अवधि नपुग्दै मर्जरमा जाने नीति लिएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर