• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पोखरामा गोली चल्यो, दुई घाइते, दुई फरार

कास्की । कास्कीको पोखरास्थित उत्तम चोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

लागू औषध भएको जानकारी पाएपछि प्रहरीले पक्राउ गर्ने क्रममा प्रहरीलाई नै आक्रमण भएपछि प्रतिरक्षामा प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोलीबाट पोखरा रामबजारका एक जना घाइते भएका छन् भने दुई जना भागेका छन् । उनको खुट्टामा गोली लागेर उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

पोखराको उत्तमचोकमा रहेको एक क्याफे उनीहरुलाई लागूऔषध लिएर हिँडेको विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो । प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उल्टै प्रहरीलाई चिर्पटले हिर्काएर भाग्न खोजेका थिए । प्रहरीमाथि नै जाईलागेपछि बाध्य भएर प्रहरीले गोली चलाएको थियो ।

घाईते भएको प्रहरी सन्तोष सुबेदी पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज भएका छन् । प्रहरीले उनीहरुको साथबाट १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर