• शुक्रबार ३-६-२०७६/Friday 06-21-2019/ 03:17 am

वेपत्ता भारतीय विमानको भग्नावशेष ९ दिनपछि चीनको सीमा नजिकै भेटियो !

तस्विर : वेब

नयाँ दिल्ली । भारतीय अधिकारीहरूले एक हप्ता पहिले १३ जनासहित वेपत्ता भारतीय विमानको भग्नावशेष मंगलबार भेटिएको बताएको छ । 

विमानको भग्नाबशेष भारतको उत्तरपूर्वी अरूणाञ्चल प्रदेशको हिमाली क्षेत्रमा चीनको सीमा नजिकै भेटिएको भारतीय अधिकारीले बताएका छन् ।

तत्कालिन सोभियत सङ्घमा निर्मित भारतीय हवाई बल (आइएएफ)को एमआई–१७ हेलिकोप्टर गत जुन ३ गते चालकदलका आठ र पाँच सर्वसाधारण यात्रु लिएर उडेको करिब ३५ मिनेटपछि विमानस्थलसँग सम्पर्कविच्छेद भएको थियो ।

आइएएफले ट्वीटरमार्फत सम्प्रेषण गरेको सन्देशमा भनिएको छ, ‘गत जुन ३ मा वेपत्ता विमान एएन–३२ को भग्नाबशेष मङ्गलबार करिब १२ हजार मिटरको उचाईमा भारतीय हिमाली क्षेत्रमा भेटिएको छ ।’ 

‘विमानको भग्नावशेष भेटिएसँगै विमानमा रहेका चालक दलका सदस्य र सर्वसाधारण यात्रुको अवस्थाबारे वास्तविकता पत्ता लगाउन प्रयास जारी रहेको छ,’ आइएएफको ट्वीटर सन्देशमा उल्लेख छ । 

वेपत्ता विमानको खोजी प्रयासमा कठिनाई भएपछि भारतीय अधिकारीले विमानको अवस्थाबारे सूचना ल्याउने व्यक्तिलाई पाँच लाख ५० हजार भारतीय रूपैँयाको पुरस्कार घोषणा गरेको थियो ।

प्रशासनले उक्त क्षेत्रका गाउँले प्रमुखलाई खोजीका लागि समूह बनाएर विमान वेपत्ता भएको अनुमान गरिएकोे मेचुका जङ्गल क्षेत्रमा जान निर्देशन गरेको थियो ।

सन् २०१६ मा पनि चेन्नईबाट अन्दामन र निकोबार टापूतर्फ उडेको विमान बङ्गालको खाडीमाथिबाट २९ जना यात्रुसहित वेपत्ता भएको थियो जसकोे बारेमा अहिलेसम्म कुनै जानकारी भेटिएको छैन । एजेन्सी 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चीनले सिरियालई दियो एक सय बस उपहार

  • ५ असार, २०७६

दमास्कस । द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुकको सार्वजनिक यातायात सेवा सुधारका लागि चीनले सिरियालाई १०० बस उपहार प्रदान गरेको छ । बिहीबार सिरियास्थित

इरानले ड्रोन खसालेको अमेरिकाले स्विकार्यो, इरान भन्छ - युद्धका लागि तयार छौँ

  • ५ असार, २०७६

वासिंटन । पछिल्लो समय अमेरिका र इरानबीचको तनाव बढ्ने क्रममै छ । यसैबीच अमेरिकाको एक शक्तिशाली गुप्तचर ड्रोन इरानले आफ्नो हवाई क्षेत्रमा आएको ड्रोन

सिंगापुरलाई उछिन्दै ‘कतार एयरवेज’ बन्यो विश्वको सर्बोत्कृष्ट एयरलाइन

  • ५ असार, २०७६

एजेन्सी । यस वर्ष सिंगापुर एयरलाइन्स(एसआईए)लाई पछि पार्दै विश्वको सवैभन्दा उत्कृष्ट एयरलाइनको अवार्ड कतार एयरवेजले जितेको छ ।  मंगलबार फ्रान्सको