• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 01:11 pm

प्रम ओली आज फ्रान्स जाने

काठमाडौं । संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर आज दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदै हुुनुहुन्छ । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्ने कार्यक्रम रहेको बताइएको छ । 

यसैबीच प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लण्डनस्थित नेपाली दूतावासमा आजै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।  

यसैगरी प्रधानमन्त्री ओलीसँग बेलायतको इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशनका महासचिव, विश्व ऊर्जा परिषद्का वरिष्ठ अधिकारी, एडिनबर्ग रोयल बोटानिकल गार्डेन र वनस्पति विभागका प्रमुखले आजै दिउँसो शिष्टाचार भेट गर्दै छन् । 

प्रधानमन्त्री ओली आजै आफ्नो स्वागतमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजना गर्ने समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पोसाक भत्ता दिने महानगरको निर्णयमा अदालतले खोज्यो कारण

  • ६ असोज, २०७६

विराटगनर । उच्च अदालत विराटगनरले जनप्रतिनिधिलाई पोसाक भत्ता वितरण गर्नुपर्ने कारण माग गर्दै छलफलमा बोलाएको छ ।  उच्च अदालत विराटगरका कायममुकायम

चीनको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ आज नेपाल आउने

  • ६ असोज, २०७६

काठमाडौं । चीनको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ आज १२ः२५ बजे काठमाडौं आइपुग्ने भएका छन् ।  उनी चीनका राष्ट्रपति सी जिनपिङ्गको विचारधारा

इलाम कारागारमा एक सय ५७ कैदी एकै पटक बिरामी

  • ६ असोज, २०७६

इलाम । इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै