• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 12:51 pm

हङकङ : विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए

तस्विर : वेब

हङकङ । हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा भइरहेको प्रदर्शन चर्किदैं गएको छ । हङकङलाई सन् १९९७ मा चीनलाई सुम्पिएपछि सहरमा पहिलो पटक यति ठूलो संख्यामा प्रदर्शन भइरहेको छ । 

बुधबार प्रदर्शनकारीहरुले हङकङको दुई मुख्य सडक अवरुद्ध गरेका छन् । उनीहरुले प्रशासनिक कार्यालय घेराउ गरेका छन् ।

यसै महिनामा उक्त विधेयक संसदमा निर्णयार्थ पेश गरिने जनाइएको छ । प्रदर्शनकारीहरुले उक्त विधेयकको विरोध गरेका छन् ।

बुधबार संसदमा विधेयकमाथि छलफल हुने कार्यक्रम छ । ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरु संसद भवन अगाडि धर्नामा छन् ।

सरकारले वाक स्वतन्त्रता तथा विरोध प्रदर्शनको अधिकार कुण्ठित हुने गरी प्रस्तावित विधेयक प्रयोग नहुने प्रष्ट पारेको छ । तर विरोधीहरु उक्त कानुन दुरुपयोग हुने सक्ने बताउँछन् । उनीहरुले चिनियाँ स्वार्थअनुसार कानुन बनाउन लागेको भन्दै विरोध गरेका छन् ।

सुपुर्दगी कानुनमा गरिएको नयाँ प्रस्तावमा चीन, ताइवान र मकाउका अधिकारीले हङकङमा अपराध तथा बलात्कारमा आरोप लागेकालाई सुपुर्दगीका लागि आग्रह गर्ने व्यवस्था छ ।

यद्यपी उनीहरुलाई सुपुर्दगी गर्ने र नगर्नेबारे मुद्दाको प्रकृतिअनुसार निर्णय गरिने प्रस्तावित कानुनमा उल्लेख छ ।

हङकङका अधिकारीहरुले सुपुर्दगीबारे अन्तिम निर्णय हङकङस्थित अदालतले लिने बताएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

२०९ वर्ष पुरानो चिहानमाथि रेल्वे स्टेसन बन्ने, ६५ सय कंकाल निकालिँदै

  • ६ असोज, २०७६

बर्मिंघम । बेलायतको बर्मिंघमस्थित चिहानमाथि एचएसटु रेल्वे स्टेसन बन्ने भएको छ । रेल्वे स्टेसन निर्माणका लागि ६५ सय कंकाल निकाल्न थालिएको छ । कंकाल

तापक्रम विश्वव्यापी बढ्दै, नयाँ उपायको खोजी गर्न आग्रह 

  • ६ असोज, २०७६

एजेन्सी । विश्वव्यापी रुपमा उष्णता बढ्दै गएको जलवायु सम्बन्धी आइतबार प्रकाशित एक अन्तर्राष्ट्रिय रिपोर्टले देखाएको छ । जलवायु परिवर्तन सम्बन्धी

ट्रम्प र मोदीले गरे एक अर्काेकाे प्रशंसा

  • ६ असोज, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकअर्काको प्रशंसा गरेका छन् । अमेरिकाको टेक्सासमा भएको