• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

दिल्लीमा गर्मीको कहर : भयनाक लुबाट जनजीवन प्रभावित, धुले आँधी चल्ने अनुमान

तस्विर : वेब

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीलगायत क्षेत्रमा विगत दुई हप्तादेखि बढेको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । 

अत्याधिक गर्मीका कारण मंगलबार नयाँ दिल्लीबाट झाँसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रीको मृत्यु भएको भारतीय अधिकारी तथा प्रत्यक्षदर्शी यात्रुले बताएका छन् । 

मंगलबार उत्तर प्रदेशको झाँसी र वरपरको तापक्रम ४५ डिग्री सेल्सियस रहेको थियो । यो सामान्यभन्दा ५ डिग्रीले बढी मानिएको छ । 

मंगलबार बिहान र मध्यान्हतिर लागेको बादलले पनि दिल्लीमा गर्मीको कहरलाई कम गर्न सकेन । पछिल्लो ४८ घण्टामा दिल्लीमा भयानक लु चलिरहेको भारतीय सञ्चारमाध्यले बताएका छन् । 

यस्तै, भारतीय मौसम विभागका अनुसार, आज दिल्लीको आकाशमा छिटपुट बादल लाग्न सक्छ । धुलोले भरिएको आँधी चल्न सक्ने पनि विभागले जनाएको छ र दिल्ली–एनसीआरको केही भागमा हल्का वर्षा हुनसक्ने मौसम विभागको अनुमान छ । बुधबार दिल्लीको अधिकतमा तापक्रम ४१ डिग्री सेल्सियसम्म र न्युनतम तापक्रम ३१ डिग्रीसम्म रहने बताइएको छ । 

त्यस्तै, बुधबार हावाको दिशामा पनि केही परिवर्तन आएको छ, जसका कारण हावामा केही चिसो बढ्न थाल्नेछ । अरब सागरबाट हावाले शितलता लिएर दिल्लीसम्म आइरहेको छ । 

यता राजस्थानको माथि एक चक्रवर्तीय सर्कुलेसन पनि देखिएको सञ्चारमाध्यमले बताएका छन् । अबको २४ देखि ४८ घण्टामा दिल्लीमा प्रि–मनसुन गतिविधि अनुभव गर्न सकिने बताइएको छ ।

मौसम पूर्वानुमान विभागका अनुसार, ११ देखि १३ जुनसम्म दिल्लीमा आँधी र वर्षको सम्भावना रहेको छ । यस दौरान तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियसको बीच रहनेछ, त्यसपछि फेरि गर्मी बढ्नेछ । एजेन्सी 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर