• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

फेसबुकको नयाँ एप लञ्च, यसको प्रयोगकर्ताले पाउनेछन् पैसा !

तस्विर : वेब

एजेन्सी । विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एक नयाँ एप लञ्च गरेको छ, जसको माध्यमबाट प्रयोगकर्ताले पैसा पाउँनेछन् । यद्यपी, पैसा कमाउनका लागि प्रयोगकर्ताले आफ्नो जानकारी सेयर गर्नुपर्ने हुन्छ । 

फेसबुकले आफ्नो यस नयाँ एपको नाम ‘स्टडी’ राखेको छ, जसमा गुगल प्ले–स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिनेछ । यद्यपि, यो एप आईएसका लागि लञ्च गरिनेछ वा छैन भन्ने अहिले नै स्पष्ट गरिएको छैन । यस एपले प्रयोगकर्ताको गतिविधिलाई नियाल्नेछ । 

उदाहरणका लागि यो एपको माध्यमबाट फेसबुकले प्रयोगकर्ताले अन्य कुन–कुन एप प्रयोग गर्छ र कुन एपमा के गर्छ भन्ने अध्ययन गर्नेछ । साथै फेसबुकले तपाई कुन एपमा कति समय बिताउनुहुन्छ भन्ने पनि जानकारी राख्नेछ । 

प्रयोगकर्ताको गोपनीयतालाई लिएर फेसबुकले एप प्रयोगकर्ताको अकाउन्ट र पासवर्डको जानकारी नराख्ने बताएको छ । यसका साथै प्रयोगकर्तालाई समय–समयमा डाटा जम्मा भइरहेको जानकारी दिने पनि बताइएको छ । यद्यपि, फेसबुकले यस एपको माध्यमबाट प्रयोगकर्ताले कति पैसा कमाउँछन् भन्ने स्पष्ट पारेको छैन । 

फेसबुकले यस्तो पहिलो पटक गरेको होइन, यसअघि पनि फेसबुकले यस्तै दुई एप्स लञ्च गरेको थियो । तर प्रयोगकर्ताको गोपनीयतालाई लिएर प्रश्न र आलोचना भएपछि दुवै एप्सलाई बन्द गरियो । 

त वर्ष फेसबुकको मार्केट रिसर्च एप ‘रिसर्च’लाई बालबालिका बढी प्रयोग गरिरहेको र यसले एप्पलको गाइडलाइन्सलाई फलो नगरेको दाबी गरिएपछि यो एप बन्द गरिएको थियो । त्यसैगरी, फेसबुकको अर्को एप ट्रेकिङ एप ओनोभो प्रोटेक्टलाई पनि गोपनीयताका कारण बन्द गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर