• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

आफैले हस्ताक्षर गरेको दस्तावेज विपरित किन बोल्दैछन् इश्वर पोखरेल !

सहमतिको दस्तावेज सहित

काठमाडौं । केहि समय यता पार्टी एकताका बेला गरिएको समझदारीको विरुद्धमा सार्वजनिक रुपमै अभिव्यक्ति दिदै आएका नेकपाका एक नेता हुन्, इश्वर पोखरेल । पोखरेल अहिले पार्टीको सचिवालय सदस्यको हैसियतमा छन् भने सरकारमा उनी उपप्रधान एवं रक्षामन्त्रीको भूमिकामा छन् । तत्कालिन एमालेभित्र आफु सधै शक्तिमा रहन समयअनुसार कहिले माधव नेपाल त कहिले झलनाथ खनाल र पछिल्लो समय केपी ओलीको विश्वासपात्र बन्न समेत सफल भएका एकमात्र नेता हुन पोखरेल ।  

पार्टी एकता नभइदिएको भए केपी ओली पछि आफु अध्यक्ष हुने लाइनमा थिए उनी । पार्टी एकतापछि भने आफु नराम्ररी ठगिएको मनोदशामा पोखरेल रहेको नेकपाका केहि नेताहरुको बिश्लेषण छ । केहि समयअघि जनताको बहुदलिय जनवाद नै पार्टीको आधिकारिक लाइन भएको बताएका इश्वर पोखरेल स्वयं आफैले भने जनताको बहुदलिय जनवाद स्थगन गर्ने दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणका प्रारम्भीक आधारका रुपमा गरिएको सात बुँदे सहमतिको बुँदा नंवर चारमा नेकपा एमालेले अवलम्वन गरिआएको जनताको बहुदलिय जनवाद र नेकपा माओवादी केन्द्रले अवलम्वन गरि आएको माओवाद र २१ औं शताव्दीमा जनवाद सम्बन्धी बिषयहरुमा विधिसम्वत रुपमा छलफल गरि आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ भन्ने उल्लेख गरिएको छ । 

–हेर्नुहोस सहमतिको दस्तावेज 


२०७४ फाल्गुन ७ गते नेकपाका बर्तमान अध्यक्षद्वय र सचिवालय सदस्यहरु सवैले उक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । उक्त दस्तावेजमा तत्कालिन एमालेबाट केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र इश्वर पोखरेलले हस्ताक्षर गरेका छन् भने तत्कालिन नेकपा माओवादी केन्द्रका तर्फबाट पुष्प कमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादलले हस्ताक्षर गरेका छन् । 

सहमतिविरुद्ध किन बोले पोखरेल

पार्टीको महाधिवशेनद्वारा बैचारिक छलफलमार्फत टुङ्ग्याउनुपर्ने बिषयलाई अहिलेको अवस्थामा इश्वर पोखरेलले नबुझेरै यस बिषयलाई बहसमा भने ल्याएका हैनन् । पूर्व एमालेको ओली समूहका नेता आफु रहेको र त्यो लिगेसी आफुले बोक्ने सन्देश प्रवाह गर्न नै उनले योजनावद्ध ढंगले बैमौसमी बाजा बजाएको तत्कालिन एमालेका केहि नेताहरुको समेत बुझाई रहेको छ । 

यसअघि मदन भण्डारी फाउण्डेशनको नाममा तत्कालिन एमालेभित्रको ओली समूहको राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको थियो । उक्त भेलामा प्रमुख अतिथिको रुपमा पोखरेल उपस्थीत भएका थिए । उक्त भेला बारे नेकपाभित्रको नेपाल र प्रचण्ड समूहका कुनै नेतालाई खवर नै गरिएको थिएन् । 
आगामी महाधिवेशनमा आफुलाई अध्यक्षको विकल्पको रुपमा प्रस्तुत गर्न र आफ्नो समूहलाई बलियो बनाउनलाई पोखरेल लागिपरेको एकथरीको बुझाई छ । पार्टी एकताको संवेदनशिल घडिमा पार्टीलाई थप मजवुद बनाउन भूमिका खेल्नुपर्नेमा किन पोखरेल सहमतिविरुद्ध बोलिरहेका छन्, उनका पछिल्लो अभिव्यक्तिले कतै उनी पार्टी एकता भाड्न उद्धत त छैनन भन्ने प्रश्न नेकपाभित्रै गम्भीर रुपमा उठ्न थालेको छ । 


तस्वीर साभारः ऐतिहासिक एकताका आधारहरु (शुभशंकर कँडेल)


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर