• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बाल शोषण भन्दै बुवा–छोरीको तस्विर भाइरल, वास्तविकता के हो ?

एजेन्सी । जुन ९ का दिन ट्विटर प्रयोगकर्ता @squintneonले चार वटा स्त्रिनसट सेयर गर्दै अंग्रेजीमा लेखेका छन्, ‘शान्तिप्रिय मान्छे बाल शोषणको यो तस्विरमा ठूलो संख्यामा ‘लभ रियाक्ट’ गरिरहेका छन् र तपाई यसबाट चकित हुनुहुन्छ । यो उनीहरुको संस्कृतिको एक हिस्सा हो ।’

पहिलो स्क्रिनसट फेसबुक पेज ‘फोज भेट्रिना’को पोस्टको थियो । यस पेजलाई २३ लाख मानिसले फलो गरेका छन् । यस पेजमा प्रायजसो बाल–बालिकाको तस्विर पोस्ट गरिएको छ । 

अन्य स्क्रिनसट फेसबुक पोस्टमा प्रयोगकर्ताको तर्फबाट गरिएका लभ रियाक्टको छ । यी सबै फेसबुक प्रयोगकर्ताको नाम मुस्लिम छन् । 

यस ट्विटलाई अहिलेसम्म ८ सय पटक रिट्विट गरिएको छ भने ११ सय बढी प्रयोग कर्ताले लाइक गरेका छन् । १० जुनमा यिनै ट्विटर प्रयोगकर्ताले पुनः एउटा मात्रै तस्विर पोस्ट गर्दै लेखे, ‘के यो तस्विर कतैबाट धार्मिक देखिन्छ ? यसको निर्णय तपाईका लागि छोड्छु । तपाईको मनमा पहिलो के कुरा आउँछ ?’

१० जुनकै दिन अर्को एक ट्विटर प्रयोगकर्ता ‘खुशी सिंह’ले तिनै चार स्क्रिनसट सेयर गर्दै लेखेकी छिन्, ‘फेसबुकमा बाल शोषणको पोस्टमा प्रतिक्रिया हेर्नुहोस् । शान्तिको समर्थन गर्ने धर्म बाल शोषण मन पराउँछ, के यो उनीहरको संस्कृतिको हिस्सा हो ?’

के हो वास्तविकता (फ्याक्ट चेक) ?

बाल शोषणलाई बढावा दिने दावी गरेको यो तस्विरमा देखिएका मानिस एक बुवा र छोरीको हो । यो तस्विर त्यस समय खिचिएको थियो, जतिबेला बुवा प्रार्थना गरिरहेका थिए, उनकी सानी छोरी मुनिबाट लुक्ने प्रयास गरिरहेको थियो । 

ट्विटर प्रयोगकर्ताले बुवा–छोरीको जुन तस्विर सेयर गरेको छ, त्यसमा उमर शेकु नामको फोटोग्राफरको नाम देखिन्छ । त्यसमा अरबी भाषामा क्याप्सन लेखिएको छ, ‘इजिप्टमा ईदको सबैभन्दा सुन्दर तस्विरमध्ये एक’ ।

टाइम्स फ्याक्ट चेकले फोटोग्राफर उमर शेकुसँग सम्पर्क गर्यो र उसको यस तस्विरको पछि लुकेको कहानी पत्ता लगायो । टाइम्स फ्याक्ट चेकसँग कुरा गर्दै उमरले भने, ‘तस्विरमा जो व्यक्ति देखिन्छन्, त्यो नमाजको हिस्सा हो ।’ 

इस्लाममा नमाजका दौरान सजदा’लाई सबैभन्दा महत्वपूर्ण मानिन्छ । सजदाका दौरान टाउको, नाक, दुवै हात, घुडा र खुट्टाको सबै औँलाले एकसाथ जमिनलाई छुन्छ ।’

‘नमाज बीचमा छोड्न सक्नुहुन्न, यो इस्लामको नियम हो’, शेकुले भने, ‘वयस्कहरु नमाज पढिरहेका बेला बच्चाहरु खेल्न मन पराउँछन् । कहिलेकाही बच्चा ठूलाको ढाडमा चढ्ने प्रयास गर्छन् वा निहुरिएका बेला मुनि लुक्ने गर्छन्’ । 

तस्विरलाई ध्यान दिएर हेर्न शेकुले आग्रह गरेका छन् । उनले इन्स्टाग्राममा यो तस्विर ५ जुनमा पोस्ट गरेका थिए । यी सानी बालिकाको अन्य तस्विर पनि भेटिएका छन्, जसमा उनी आफ्नो बुवाको काखमा बसेकी छिन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर