• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

रुसमा ३२ हजार बर्ष पुरानो ब्वाँसोको टाउको भेटियो

तस्विर : याहु

मस्को । रुसको उत्तरधुर्वी क्षेत्रमा झण्डै ३२ हजार बर्ष‘ अगाडि मरेको ब्वाँसोको टाउको भेटिएको रूसी बैज्ञानिकहरुले बताएका छन् । 

धेरै रौँहरुले ढाकिएको अवस्थामा तिरेख्ट्याख नदीको किनारमा ब्वाँसोको टाउकोको अवषेश भेटिएको उनीहरुको भनाई छ । 

बैज्ञानिकहरुले थोरै गिदी, नरम मासुको अंश र बलियो दाँत भेटिएको र त्यसको लम्बाई ४१.५ सेन्टीमिटर रहेको पनि जानकारी दिएका छन् । आजभोलि पनि उक्त क्षेत्रमा ब्वाँसोको वासस्थान रहेको र तिनीहरूको टाउकोको नाप ६६ सेन्टिमिटर लम्बाइ र ८६ सेन्टिमिटरसम्म चौडाई हुने गरेको उनीहरुले बताएका छन् ।

स्थानीय  वैज्ञानिकहरुले त्यो टाउकोलाई अध्ययनका लागि टोकियोमा रहेको औषधी सम्वन्धी अध्ययन गर्ने जिकेइ विश्वविद्यालयमा पठाएका बताइएको छ । 

‘यस्तो हामीले पहिलो पटक देखेका छौँ’, याकुितया विज्ञान प्रतिष्ठानका अल्बर्ट प्रोटोपोपोभले एएफपीसँग शुक्रबार भने । 

मरेको त्यो ब्वाँसो दुईदेखि चार बर्षसम्मको उमेरमा मरेको हुनसक्ने विश्वास गरिएको उनले बताए । 

त्यस टाउकोका बारेमा रुस, जापान, स्विडेनलगायतका देशमा लगातार अध्ययन भइरहेको पनि प्रोटोपोपोभले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर