• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

महबाटै लखपति बने महिला, ६ महिनाको आम्दानी ३५ लाख !

झापा । नेपालमा बसेर एक वर्षमा ३५ लाख कमाई । त्यो पनि एक महिलाले । जो कोहीलाई अपत्यारिलो लाग्नसक्छ । विकसित देश अमेरिका र यूरोपमा कामका लागि दिनहुँ भौंतारिरहेका युवाहरुलाई चुनौति हो यो ।
 
झापा, शिवसताक्षी नगरपालिकाकी देवी दाहाल । जो मह बेचेर यो वर्ष ३५ लाख कमाइ गर्ने गतिलो उदाहरणीय पात्र हुन् । 

नेपालमा काम पाइन भनेर दैनिक वैदेशिक रोजगारका लागि राहदानी बनाउन लाइन लाग्ने युवाका लागि नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हुन दाहाल । २ सय ५० घार मौरीबाट ७ महिनामा ३५ लाख गर्न सफल भएकी दाहालले ६ सय किलो मह उत्पादन गरेकी हुन् ।

बजारमा एक किलोमा महको मूल्य सात सय रुपैयाँसम्म छ । 

दाहाल त प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्तै यहाँ मौरीपालन गरेर मालामाल हुनेको संख्या कमी छैन् । आफ्नो उत्पादनको अधारमा उनीहरुको कमाई फरक छ । तर, जति नै फरक भएपनि विदेशमा राम्रो काम भनेर कमाउने कमाईभन्दा गज्जबको कमाई छ उनीहरुको पनि । 

सोही स्थानकी ६१ बर्षिय सन्तकुमारी मुखियाले १७ लाख रुपयाँ कमाइन् । मुखियाको जति कमाउन महिलाको सख्या झण्डै ५० जनाभन्दा बढी रहेको छ । १ सय ५० घार मौरी पाल्नु भएकी मुखिया उमेरले डाँडो काटेपनि मौरीसँग खेल्ने जाँगर भने १६ बर्षको जस्तै छ ।

यहाँका महिलाले मौरी पालन ब्यवसायबाट पाएको सफलता सबैका लागि प्रेरणा र उत्प्रेरक भएको छ । यो क्षेत्रमा मौरी पालन व्यवसाय गर्ने महिला किसानले मह बेचेर नै लाखौं रुपयाँ कमाएर सबै आश्चर्यमा पारेका छन् ।

महिलामात्र आवद्ध भएको नगरपालिकामा महिलाले सञ्चालन गरेको ‘सतासी महिला मौरी पालन समुह’मा आवद्ध किसानले यस बर्ष झण्डै चार गुणा बढी मह उत्पादन गर्न सफल भएका छन् । मौरी पालनमा आवद्ध १ सय ८४ जना महिलाले यो सिजनमा मात्र ६० टन मह उत्पादन गरेका हुन् । 

कुल २ हजार ५ सय घार मौरीबाट उत्त मह उत्पादन भएको हो ।  गत बर्ष १६ टन सम्म मह उत्पदान हुदै आएकोमा यस बर्ष झण्डै चार गुणभन्दा बढी उत्पादन भएको श्रीसतासी महिला मौरी पालन सहकारी संस्थाकी व्यवस्थापक समेत रहेकी देवी दाहालले जानकारी दिइन् ।

१६ बर्ष अघि  अर्थात २०६२ सालमा दुई जना महिला किसानले ४ वटा घारबाट मौरी पालन सुरु गरेको यो व्यवसाय अहिले पुरै गाउमा फैलिएको छ ।

मौषमको अनुकुलता,  महिलाहरुको सकृयता र चरन क्षेत्रमा केही सहज भएका कारण उत्पदान बढेको हो । ‘विगत वर्षमा कार्तिक महिनामा नै चरनका लागि पश्चिमको दाङ जिल्लासम्म पु¥याउने गरेका थियौं । तर, यो बर्ष भने एक महिना ढिलो गरि मंसिरमा चितवनसम्म मात्र चरनका लागि लगियो । यसले गर्दा लक्ष्य अनुसार यो बर्ष अझै उत्पादन गर्न सकिएन’ दाहाल भन्छिन् । 

संस्थाकी सल्लाहाकार संयोजक समेत रहेकी सन्तकुमारी मुखिया र देवी दाहालले सुरु गर्नु भएको मौरी पालन ब्यवसाय अहिले सबैका लागि लोभलाग्दो आम्दानीको स्रोत बन्न पुगेको छ ।  यहाँ मात्र अहिले मौरी पालन गर्ने किसानको सख्या १ सय ८४ जना पुगेको छ ।

घरै पिच्छे मौरीका घार छन् । हाम्रो सहकारीमा आवद्ध महिलालाई अर्को व्यवसाय गर्ने छुट छैन । एक जनाले एउटै व्यवसाय ग¥यो भने सफल हुने हाम्रो अनुभवको आधारमा महिलालाई मौरी पालन व्यवसायमा नै लागि रहनका लागि यस्तो बाध्यकारी नियम बनाइएको हो ।

मौरी ब्लक कार्यक्रम सञ्चालन
महिलाले मौरी पालन ब्यवसायबाट पाएको सफलता देखेपछि नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत मौरी ब्लक कार्यmक्रम समेत सञ्चालन गरेको छ । 

झापा जिल्ला अन्र्तगत कृषि ज्ञान केन्द्रले यो बर्ष ब्लक क्षेत्रका लागि भनेर महिलालाई २५ लाख रुपयाँ अनुदान समेत हस्तान्तरण गरेको छ । 

केन्द्रका प्रमुख शालिकराम भट्टराईले १६ लाख ७० हजार रुपयाँ पुँजीगत खर्च र चालु खर्च ८ लाख ३० हजार बराबरको अनुदान हस्तान्तरण गरेको बताए । महिलाले सफलता पूर्वक खेती गरेकाले उत्साहित गर्न  अनुदान रकम हस्तान्तरण गरिएको उनको भनाइ छ । 

अनुदानबाट मौरीको चरन क्षेत्र सकिएकाले अब बर्षयाममा चारो दिनका लागि ५ हजार किलो चिनी र फापर, मौरीका कृतिम चाका, महकाट्ने मदानी, र घार निर्माण गरेर बितरण गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर