• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

श्रीलंकाली गृहयुद्धका दुई कट्टर शत्रुको सुन्दर प्रेम कहानी 

तस्विर : बिबीसी

गौरी मालर र रोशन जयाथिलके उनीहरुको ११ महिनाकी छोरी खेलाइरहेको देख्दा कुनै सयम उनीहरु एक–अर्काको कट्टर शत्रु थिए भन्ने पत्याउन गाह्रो हुन्छ । 

१० वर्षअघि गौरी र रोशन एक–अर्काका कट्टरी शत्रु थिए । २६ वर्षीया गौरी पृथकतावादी तमिल टाइगरकी बालिका लडाकु थिइन्, जुन संगठन रोशन जस्ता व्यक्तिद्वारा उत्पिडित शासक भनिएकासँग संघर्षमा थियो । 

‘मैले सिन्हालीलाई राम्ररी देखेको पनि थिइन् र बोलेको पनि थिइन’, गौरी भन्छिन्, ‘उनीहरु खराब मानिस हुन् र हामीलाई मार्छन् भन्ने सोच्थ्यौँ’ । 

रोशनका लागि विद्रोहीहरु एक घृणित शत्रु थिए, जसको बम आक्रमण अभियानले २६ वर्षको गृहयुद्धको अवधिमा निर्दोष मानिसहरुको ज्यान लियो । ‘हामी एक–अर्कालाई कट्टर शत्रुको रुपमा हेर्थ्यौँ’, २९ वर्षीय रोशन भन्छन्, ‘तर, अहिले हामी खुशी छौँ । हाम्री छोरी हाम्रो प्रेमको प्रतिक हो’ । 

सन् १९८३ मा श्रीलंकाको संघर्ष चरम स्थितिमा पुगेको थियो, जब तमिल पृथकतावादीले सिन्हाली बहसंख्यकमाथि आफ्नो राष्ट्रवादलाई बढावा दिँदै क्रोधित बने । जुन बेला एक एम्बुसमा परेर १३ सरक्षाकर्मीको मृत्यु भएको थियो । 

यो घटनाले तमिल विरोधी दंगालाई जन्म दियो र दंगामा सयौँ सर्वसाधारण मारिए । 

गौरीको दैनिकीमा पनि द्धन्द्ध असर परिरहेको छ । तर सन् २००९, जनवरीमा उनको जीवनमा अपत्यारिलो परिवर्तन आयो । गौरीका प्यारो दाई शुभ्रमानीयम कन्नान एक ट्र्याक्टर चालक थिए, कसैले गौरीलाई उनको गाउँ नजिकै उत्तरी श्रीलंकाको भिष्वामाडुमा तमिल टाइगर गढमा उनको दाईको दुर्घटना भएको खबर दियो । 

दुखी हुँदै दाईलाई खोज्न गौरी त्यहाँ पुगिन्, तर उनलाई विद्रोहीले नियन्त्रणमा लिए । जम्मा १६ वर्ष मात्रै पुग्दै गरेकी गौरीलाई एक साता तालिम दिएपछि युद्ध मैदानमा पठाइयो । 

‘मैले त्यहाँ गोली हानेको र मारिएको देखे’, गौरी भन्छिन्, ‘मेरी एकजना साथी बम आक्रमणमा परिन् । हामीले उनलाई बचाउने प्रयास गर्यौँ, तर उनले साइनाइड क्यापसुल चपाइसकेकी थिइन् र नराम्ररी चोट लागेकोले बाच्न असम्भव भनिन्’ । 

‘हामी नुहाउन पाउँदैन थियौँ र खाना पनि राम्रो सँग पाइदैन थियो । त्यस बेला बाच्नुको उद्देश्यमाथि आफैले आफैलाई प्रश्न गर्थे’, गौरी भन्छिन् । 

रोशनको जीवनको कहानी पनि त्यस्तै छ । सन् २०१४ मा रोशनको जीवनमा युद्ध सुरु भयो, जुनबेला उनी जम्मा १४ वर्षका मात्रै थिए । भभुनिया जिल्लामा उनको गाउँमा सिन्हाली हिन्दुको नयाँ वर्षको समारोहलाई एक विद्रोहीको बम आक्रमणले तितरवितर बनायो, जुन गाउँ पृथकतावादी र सरकार नियन्त्रित क्षेत्रको बीचमा पर्छ ।

यसमा सर्वसाधारण र सुरक्षाकर्मी दुवै मारिए, रोशनले आफ्नो बुवा र भाईहरलाई नागरिक सुरक्षा विभागमा लुकाए । ‘हामी दैनिकजसो आक्रमण भएको खबर सुन्थ्यौँ’, उनीले युद्धमा भाई गुमाएको सुनाउँदै भन्छन्, ‘मानिसहरु भयभित थिए । मानिसहरु मारिने डरले कतै निस्कदैन थिए ।’

छोरीको साथमा गौरी र रोशन
छोरीको साथमा गौरी र रोशन​​​​​​

सन् २००९ मा द्धन्द्ध समाप्त हुनअघि कम्तिमा एक लाख मानिसको मृत्यु भएको अनुमान लगाइन्छ । सन् २०१५ मा संयुक्त राष्ट्र संघले एक रिपोर्टमा दुवै पक्षमाथि गैर–कानुनी हत्याको आरोप लगायो । सुरक्षा बल अत्याचार र यौन हिंसासहित अपराधका लागि जिम्मेवार रहेको र विद्रोहीले बालबालिका र वयस्क दुवैलाई लडाकु बन्न बाध्य बनाएको आरोप रिपोर्टको थियो । 

गौरीले एक महिनाभन्दा बढी युद्ध लडिन्, तर उनको मुटुको समस्या भएका कारण उनलाई स्वतन्त्र गरियो । त्यसको लगत्तै गौरी आफैँले आफूलाई श्रीलंकाली सेना समक्ष आत्म समपर्ण गरिन् । उनी अन्य पूर्व लाडकु जस्तै सरकारी पुनर्स्थापना कार्यक्रममा सहभागी भइन् । 

पृथकतावादीसँग संलग्न रहेको बाबजुद पनि सिन्हालीसँग समय विताएपछि उनीहरु मानव रहेछन् भन्ने महशुस गरिन् । पछि उनी नागरिक सुरक्षा विभागमा सहभागी भइन् । 

अधिकारीहरुले तमिल समुदायका लागि कृषि योजना बनाएका थिए,  जुन योजना उदयान्कुटामा पनि परेको थियो, जहाँ गौरीले आफ्नो जीवनसाथी भेटिन् । सन् २०१३ मा गौरी त्यहाँ सरुवा भएकी थिइन् । रोशन एक वर्षअघि देखि नै त्यहाँ थिए । 

तमिल भाषा बोल्ने जनसंख्या भएका कारण संवाद गर्न रोशनलाई निक्कै गाह्रो भएको थियो । गौरीसँग काम गरेसँगै उनको जीवन परिवर्तन भयो । ‘उसले पक्कै एक्लो महशुस गरिरहेको थियो’, गौरी भन्छिन्, ‘उसलाई सजिलो महशुस होस् भनेर मैले घरमै बनेको खाना ल्याइदिने गर्थे, भाष अनुवाद गरिदिन्थे’ । 

त्यसपछि, चाँडै नै उनीहरु बीचको प्रेम फक्रियो । ‘मैले उसको आमाले गरेको भन्दा धेरै माया गर्ने उसलाई बताए’, रोशनसँगको प्रेम सम्बन्धबारे उनी भन्छिन् । ‘जब म विदामा गए, उनी रोइन्’, रोशन भन्छन् । 

गौरी र रोशनले जब आफ्नो सम्बन्ध सार्वजनिक गरे, रोशनका आफन्तले भने – सिन्हाली केटीहरु थुप्रै छन् त, तिमी किन तमिल केटीको पछि लागेको ?’
रोशनको आमा उनीहरुको विवाहको विरुद्धमा थिइन् । यता गौरीकी दिदी, पूर्व तमिल टाइगर लडाकु, पनि असन्तुष्ट थिइन् । उनको भनाईमा सिन्हाली पुरुषले श्रीमतीलाई पिट्छन् । 

गौरी र रोशनले एक–अर्कालाई गरेको प्रेम र सम्मानको व्यवहारका कारण उनीहरुले आ–आफ्नो परिवारको मन जीतेको बताउँछन् ।  ‘हाम्री सानी छोरीले पनि हामीलाई नजिक ल्याइन्’, उनले भनिन् । 

हाल, यी दम्पती गौरीको परिवारसँग बस्छन् । रोशन उनकी दिदीको मनपर्ने ज्वाई बनेको गौरी बताउछिन् । यो जोडीले सन् २०१४ मा विवाह गरे र उनीहरुकी छोरालाई हिन्दु र बौद्ध दुवै मन्दिरमा पुर्याएका छन् । उनीहरुका लागि ‘विभाजन’ बितेको समयको एक पाटो हो । 

यद्यपि, २५० जनाबढीको ज्यान जाने गरी भएको इस्टर सन्डेको आक्रमण र मुस्लिमविरुद्ध प्रतिकारलाई मध्यनजर गर्दा एक नयाँ विभाजनले देशमा फेरि संघर्ष फर्कन सक्ने डरमा छन् दम्पति । 

‘युद्धमा एक पक्षको मानिस मात्रै मारिन्छन् भन्ने हुदैन’, गौरी भन्छिन्, ‘कैयोँ मानिस अर्को जात र धर्मका पनि मारिन्छन् । हामी अर्को युद्ध चाहान्नौँ ।’ 

(सनेथ पेरेराले बिबीसीका लागि तयार पारेको लेखमा आधारित)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर