• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

पाद्नुकाे सात फाइदा

एजेन्सी– पाद्नु भन्ने शब्द सुन्दा कताकता लाज लागे पनि यो संसारमा सबैले पाद्छन् नै। तैपनि सार्वजनिक स्थलमा पाद्नु असभ्यताकै  प्रतीक मानिन्छ। यद्यपि पाद्नुका थुप्रै आश्चर्यजनक फाइदा हुन्छन्।

१) पाद्नु ठूलो आन्द्राका लागि धेरै राम्रो हो पाद नरोक्नु भन्छन्। पाद रोक्दा ठूलो आन्द्रालाई  हानि पुग्छ।

२) पादले ग्यास घटाउँछ पादेपछि शरीरभित्र जम्मा भएको विषालु ग्यास बाहिर जान्छ र शरीरलाई आराम मिल्छ।

३) यो  रोगको लक्षण होस् पादको गन्ध, प्रकार र आवाजले चिकित्सकहरुले यो सामान्य हो वा ठूलै रोगको लक्षण भनेर थाहा पाउँछन्। धेरै पाद आउनुले गम्भीर शारीरिक रोग, यति सम्मकि कहिलेकाहिँ ठूलो आन्द्राको क्यान्सरलाई पनि संकेत गर्छ।

४। गन्धले फाइदा गर्छस् अनुसन्धानहरुका अनुसार पाद्दा आउने हाइड्रोजन सल्फाइडको गन्ध शरीरका लागि फाइदाकारी हुन्छ। कोषको क्षय रोकेर कहिलेकाहिँ हृदयरोगजस्तो जटिल रोगबाट पनि पादले बचाउँछ।

५)  स्वस्थ्य ब्याक्टेरियाको प्रमाण पेटमा स्वस्थ्य ब्याक्टेरिया भएको प्रमाण हो पाद।

६) सन्तुलित भोजनको आवश्यकता बोध पादकै कारण कुन खानाले पाद बन्दोरहेछ र कुन खानाले पाद बन्दोरहेनछ भन्ने थाहा पाउँछ। यसले सन्तुलित भोजन छनोट गर्न सजिलो हुन्छ।

७) एकदमै आनन्द आउँछ पाद्नुको आनन्द पादिसकेपछि नै थाहा हुन्छ। कसैले सुन्यो वा देख्यो कि भन्ने चिन्ता भएपछि पादेपछिको आनन्दका अगाडि यी सबै गौण लाग्छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर