• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

''लोक सेवा पढ्दा बरु 'चरेश' खानु, छोरा''

प्यारो छोरो शुभ आशिर्वाद , 
                     यहाँ म आरामै छु त्यहाँ नाती, बुहारीलाई पनि आरामै होला गर्मी समय छ ख्याल गर्नु तिमि बस्ने खाल्टोमा हावा ,पानी, समाज, मानिसको सोचाई, वातावरण, धुवा धुलो, फोहोर मैला सबै फोहोरै फोहोर को डङगुर हो भनेर भन्छन्, यि सबै कुराको ख्याल गर्नु ।  तिमिले लेखेको पत्र प्राप्त भयो । तिमिले पत्रमा सोधेका प्रश्नहरुको जवाफ कति त म दिन सक्दिन कति जवाफ दिदा मन कोक्काएर आउछ भने, कति जवाफ दिदा मन भक्कानिएर बलिन्द्र आशु झार्नुपर्ने हुन्छ । 

सर्वप्रथम मेरो घरमा तिमिले जम्म लियौ, त्यसको लागि मलाइ क्षमा गर कमसेकम अलि धनिको घरमा वा अलि पहुँचवालाको घरमा जन्म लिएको भए तिमिले त्यसरी चिठि लेख्नुपर्ने थिएन होला । वर्षदिनमा ४ महिना खानपुग्ने म किसानको घरमा जन्म लियौ के गर्नु बाबु त्यसलाई आफ्नो भाग्य वा किस्मत सम्झनु, तर एउटा कुरा मनदेखि नै ध्यान दिनु, म आफु खाई नखाई तिमिलाई खुवाएको , आफुसुति नसुति तिमिलाई सुताएको आफु लुगाफाटा लगाइ–नलगाई तिमिलाई लगाइदिएको सकि नसकि भएपनि छोरो ठुलो होला भनेर ऋण काढेर भएपनि तिमिलाई पढाएकाे,  तिमिले कहिल्यै पनि भुल्दैनौ होला । हुनत आजसम्म भुलेकाे त छैनौ ।

छोरा गत बर्षजस्तै अहिलेपनि भैसि व्याएकाे छ, भैसिलाई त केहि भएको छैन तर पाडो मरेको हुनाले अहिलेसम्म भैसि हात ल्याउन सकिएको छैन । यो वर्ष पनि बाख्रो थारो छ, पछिल्लो समय आएको ठुलो हावाहुरीले मकै ढालेर सोत्तर पारेको छ । हेर छोरा दोष कसलाई दिउँ समय , निति वा भाग्यलाई सबैले सबैतिरबाट मलाई मात्र ठगेजस्तो लाग्दछ । मैले सुने रेडियोबाट देशभर १५ हजार कर्मचारी खुल्ने रे भनेर ठुले साहुसँग रु १ लाख खोजेर पठाईदिएको थिए तिमिले पाएछौ । तिमिले पाएको रकम मध्ये लोक सेवा ट्युसन पढ्न, फर्म भर्न लगायतको काम गरेछौ राम्रै गरेछौ पढाई राम्रो संग गर्नु । 

 म गरिबको कोखमा जन्म लियौ तिमिले म आफुले जे जती दुःख पाए तिमिले दुःख पाउनुहुन्न बाबु तिमिले जसरी भएपनि जागिर खानुपर्छ । लाखौ जनताका छोराछोरीले तयारी गरेको लोक सेवा रद्ध गर्न दिएको संसदिय समितीको निर्देशन पक्कै पनि समितीले आफ्नाे निर्णयमा पुुर्नविचार गर्नेनैछ ।

 


तिमिले लेखेको पत्रमा लोक सेवाको परिक्षा हुनेकि नहुने भनेर ठुलो बहस भइरहेको छ संसदिय समितीले लोकसेवाको विज्ञापन रद्धगर्न निर्देशन दिएको अदालतमा मुद्धा परेको , विज्ञापन समावेशी नभएको कुनै , ऐन नियम सेवा सुविधाको ग्यारेन्टी विना विज्ञापन गरेकाले आपसमा ठुलो लफडा भएकोले अब लोकसेवा हुदैन होला म विदेश जान्छु भन्ने जुन तिम्रो सोचाइ छ छोरा तिमिले जिन्दगीमा हरेश खाने छोरा हुनु भनेर कहिलै सिकाएको पनि हैन । चाहे यो वर्ष विज्ञापन रद्ध होस तिमिलाई पढाउनको लागि आफैलाई किन बेच्न नपरोस, भएभरको सम्पती बेचेर बाटोमा किन सुत्न नपरोस , एक छाकमात्र खाएर किन बस्न नपरोस तिम्रो लागि अझै म ऋण काड्न  तयार छु बाबु  ।
 

म गरिबको कोखमा जन्म लियौ तिमिले म आफुले जे जती दुःख पाए तिमिले दुःख पाउनुहुन्न बाबु तिमिले जसरी भएपनि जागिर खानुपर्छ । लाखौ जनताका छोराछोरीले तयारी गरेको लोक सेवा रद्ध गर्न दिएको संसदिय समितीको निर्देशन पक्कै पनि समितीले आफ्नाे निर्णयमा पुुर्नविचार गर्नेनैछ । बाबु मैले सुने अनुसार कुनै ऐन नियममा व्यवस्था नभएको करारमा कर्मचारी भर्ना गर्न दिएको निर्देशन पनि पक्कैपनि समितीले आफ्नो गल्ती ठान्नेनैछ ।

छोरा तिमिले जुन विदेश जाने बाध्यता भएको, लोकसेवाको आश हराएको कुरा गरेका छौ तिमिलाइ  मैले पढाउने अठोट गरेको छु, मेरो तिमिलाई पुर्ण साथ र सहयोग रहनेछ चाहे त्यसको लागि मैले आफुुलाई किन बेच्न नपरोस । लोकसेवा पढन तिमिले पनि आफ्नो तर्फबाट कुनै कसुर बाकि नराख्नु । जिन्दगीमा चरेश खानु छोरा कहिल्यै पनि हरेश नखानु ।

 

यति गल्ती ठानेर सरकारले पनि समितीको निर्देशन मानी विज्ञापन रद्ध भयो भनेत कसैको पनि आस नरहनेनै भयो होला सरकारको पनि कहि कती गल्ती भयो होला, विज्ञापन गर्दा संविधानमा भएको समावेशी सिद्धान्तलाई मानेर विज्ञापन गरेको भएतापनि यती धेरै तिमिजस्ता लोकसेवाको तयारी गरेर बसेका विद्यार्थी र म जस्ता हड्डी घोटेर आफ्ना छोरा छोरीलाई  लोकसेवा तयारी गराएका बाबु आमालाई चिन्ता पर्नै थिएन नै होला आशा गरौ छोरा सबैपक्ष सबै तवरबाट जिम्मेवार बन्नेनैछन । हुनत म एक किसानको कुरा त के नै सुन्ने थिए र तैपनि एक दिन अवश्य सोच्नेछन के गलत के सहि छुट्टाउनेछन यि जिम्मेवार निकायमा बसेका ठुला ठालुहरुले ।

अन्तमा छोरा तिमिले जुन विदेश जाने बाध्यता भएको, लोकसेवाको आश हराएको कुरा गरेका छौ तिमिलाइ  मैले पढाउने अठोट गरेको छु, मेरो तिमिलाई पुर्ण साथ र सहयोग रहनेछ चाहे त्यसको लागि मैले आफुुलाई किन बेच्न नपरोस । लोकसेवा पढ्न तिमिले पनि आफ्नो तर्फबाट कुनै कसुर बाकि नराख्नु । जिन्दगीमा चरेश खानु छोरा कहिल्यै पनि हरेश नखानु । गाँउमा आएर साहुको बारी भाडामा लिएर बरु खेति गरौला विदेश जाने कुरा दिमागबाट हटाएर लोक सेवा को तयारी गर सबै ठुला बढाले तिमिहरु जस्ताको पिरमर्का अवश्य बुझ्नेछन एक दिन ।

अन्त्यमा यदि तिमि यदी विदेश जाने विचार गर्यौ भने त्यसैदिन देखि तिम्रो बाउलाई पनि भुलेर मात्र विदेश जानु । 

उहि तिम्रो प्यारो बाउ ।

याे पनि पढ्नुस् ः कम्युनिष्ट सरकारको बजेटमा समाजवादको परीक्षण

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर