• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

गुठी विधेयकविरुद्ध असार १० मा उपत्यका बन्द आह्वान

काठमाडौं । हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेका छन ।

विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरिएको जानकारी गराएको हो । 

समितिले सो विधेयकको विरोधमा असार २ गतेबाटै चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।  असार २ गते सो विधेयक फिर्ता लिन माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, असार ३ गते सो विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोध सभा आयोजना गर्ने, असार ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घण्टा बजाउनेलगायतका विरोधका कार्यक्रम तय गरिएको छ । त्यसैगरी असार ५ गते काठमाडौंको बसन्तपुरमा विरोध सभा आयोजना गर्ने, असार ७ गते गुठीसँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्नेलगायतका विरोधका कार्यक्रम पनि रहेको समितिका महासचिव रोशनजंग बस्नेतले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै विश्व हिन्दु महासंघ, नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले मुलुकको धर्म र संस्कृतिनै नष्ट हुने गरी आएको सो विधेयक तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिए ।

हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले क्रिश्चियन धर्मलाई संरक्षण गरिरहेको भन्दै आपत्ति जनाउँदै आएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर