प्रदेश ३ को बजेट : ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार

काठमाडौं । प्रदेश ३ सरकारले ४७ अर्ब ६० करोडको बजेट विनियोजन गरेको छ । कूल बजेट ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार प्रस्तुत गरेको हो । 

कूल वियोजनमध्ये चालु तर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१ प्रतिशत, पूँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात् ४८ प्रतिशत र वर्त्तीय व्यवस्थाका लागि ३०करोड विनियोजन गरेको छ । 

प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार, संघीय समानीकरण अनुदानबाट ५ अर्व ९६ करोड ९७ लाख, राजस्व बाँडफाँटबाट ८ अर्व ९९ करोड ६६ लाख २७ हजार, सशर्त अनुदानबाट प्राप्त १० अर्व ६१ करोड ५६ लाख र नगद मौज्दात ७० करोड गरी कुल ३५ अर्ब ६१ करोड ५६ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर