• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सिंहदरबारभित्रकै हेल्थ डेस्कमै औषधि अभाव

काठमाडाैं– सिंहदरवारभित्रको हेल्थ हेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ । कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको हेल्थ डेस्कका सिअहेव दीपक मुडभरीले बताए ।
देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधी आपूर्तिका लागि राज्यका निकायबीच समन्वय नहुँदा सेवा नै अबरुद्ध हुने अबस्था देखिएको छ । सिंहदरबारभित्रका करिब सात हजार कर्मचारीको स्वास्थ्योपचारका लागि सरकारले १६ फागुन ०७४ देखि पिएचसीसरहको स्वास्थ्य संस्था (हेल्थ डेस्क) सञ्चालन गरेको थियो । तर, महिनौदेखि औषधी अभाव हुदाँ कर्मचारीले स्वास्थ्य सेवा पाएका छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर