• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बालुवाटारमा झुल्किएका ‘अलौकिक’ ‘प्रचण्ड’

किन अलौकिक  ? – १४ वर्ष अघि, अर्थात २०६३ साल असार २ गते । नेपाली राजनीतिक रंगमञ्जमा एक ‘अलौकिक’ पात्रको पर्दापण भएको दिन । ‘अलौकिक’ पात्र अर्थात प्रचण्ड । उनि त्यो बेला अलौकिक यस कारण थिए कि, कतिपयले यो देशमा प्रचण्ड भन्ने मानिस नै छैन भनिन्थ्यो । कतिपयले तत्कालिन राजा ज्ञानेन्द्र नै प्रचण्ड हुन् पनि भन्थे, कतिपयले दिवंगत नागरिक अगुवा पद्मरत्न तुलाधर वा बाबुराम भट्टराइ लगाएतलाई प्रचण्ड भनेको यही हो भन्ने गरिन्थ्यो । 

पुष्पकमल दाहाल भन्ने धेरैलाई थाहा थिएन । त्यो नाम चर्चामा पनि थिएन । जनयुद्ध सुरु भएको २०५२ साल भन्दा अघि देखिनै भूमिगत भएका प्रचण्डका सिमित तस्वीर सार्वजनिक भएका थिए । सार्वजनिक रुपमा तत्कालिन संयुक्त जनमोर्चाको नेतृत्वमा बाबुराम भट्टराई थिए । बैधानिक मोर्चाको नेतृत्व उनै भट्टराईले गर्थे  । जनयुद्ध सुरु भएको लामो समयसम्म पनि प्रचण्डको तस्वीर सार्वजनिक भएन । मानिसहरुले यत्रो ठूलो युद्धको नेतृत्व गर्ने व्यक्ति प्रचण्डका बारेमा विभिन्न लख काट्ने गर्दथे । त्यसैले २०६३ असार २ गते बालुवाटारमा खरानी रंगको ज्वारीकोटमा डा.बाबुराम भट्टराई संगै सार्वजनिक हुनु अघि सहरिया मध्यम वर्गका लागि प्रचण्ड एक ‘अलौकिक’ पात्र नै थिए ।

माओवादीहरुले भने अनुसार आन्दोलनबाट सिधै गणतन्त्रमा जाने र संविधानसभाको चुनावको तयारी गर्ने तर्फ नगएपनि ७ राजनीतिक दलहरुले भनेअनुसार संसदको पुनस्थापना, सरकारको पुर्नस्थापना भएको थियो । तत्कालिन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोईराला नेतृत्वमा सरकार राजतन्त्रको अन्त्य भएपछिको सरकार बनेको थियो । 

सिक्लेस टु बालुवाटार– कास्की जिल्लाको उत्तरी हिमाली तथा पर्यटकीय बस्ती हो सिक्लेस । तत्कालिन नेकपा माओवादीले सिक्लेसमा केन्द्रीय स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । देशभरका नेता तथा तत्कालिन क्षेत्रीय व्यूरो तहका कार्यकर्ता सिक्लेसमा भेला भएका थिए । सिक्लेस प्रशिक्षण माओवादी युद्धको प्याराडाईम सिफ्टको अन्तिम भूमिगत कार्यक्रम थियो । जुन कार्यक्रम मार्फत प्रचण्ड र तत्कालिन माओवादी नेतृत्वले आफ्नो पार्टी पंक्ति र समर्थक जनतालाई शान्तिपूर्ण आन्दोलनतर्फ लाग्न कन्भिन्स गरेका थिए ।
तत्कालिन ७ राजनीतिक दलका शीर्ष नेताहरुसंगको १२ बुंदे समझादारी पछि सृजना भएको २०६२/६३ को जनआन्दोलन त्यसले राजतन्त्रको अन्त्य गरेको थियो ।

माओवादीहरुले भने अनुसार आन्दोलनबाट सिधै गणतन्त्रमा जाने र संविधानसभाको चुनावको तयारी गर्ने तर्फ नगएपनि ७ राजनीतिक दलहरुले भनेअनुसार संसदको पुनस्थापना, सरकारको पुर्नस्थापना भएको थियो । तत्कालिन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोईराला नेतृत्वमा सरकार राजतन्त्रको अन्त्य भएपछिको सरकार बनेको थियो । 

गृहमन्त्री थिए, कांग्रेस नेता कृष्ण प्रसाद सिटौला । गिरिजा प्रसाद कोईरालाका विश्वास पात्र । सरकारी वार्ता टोलीका सदस्य । माओवादीप्रति नरम नीति लिएको भनेर उनिमाथि उनको पार्टी भित्र पटक–पटक प्रहार पनि भएको थियो, छ ।  उनै सिटौलाले प्रधानमन्त्री कोईरालाको निर्देशन अनुसार प्रचण्ड र बाबुरामलाई सैनिक हेलिकप्टर बाट बालुवाटार अवतरण गराएका थिए, कोईरालाले रातो कार्पेट विच्छ्याएका थिए । भूमिगत प्रचण्ड पहिलो पटक २०६३ असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक भएका थिए ।

तत्कालिन माओवादीका शीर्ष नेताहरु सोहि दिन सांझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएका थिए । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाललगायत नेतासंगको वार्तापछि नेपाल र सिटौलासंगै प्रचण्ड र भट्टराई पत्रकार सम्मेलन मार्फात सार्वजनिक भएका थिए । सो पत्रकार सम्मेलनमा प्रचण्डले व्यक्त गरेको बिचार निक्कै चर्चित र आलोचना समेत भयो । नेपालको पुनसंरचनाका लागि, संविधानसभाको चुनाव, गोलमेच सम्मेलन, गणतन्त्र जस्ता विषयहरु अघि सार्दै गर्दा प्रचण्डले भनेका थिए, ‘अहिले नेपालमा विद्यमान सेनाको संख्या निक्कै ठूलो छ । यो सेनाले कुनै विदेशीसँग लडेर राष्ट्रको रक्षा गर्ने पनि होईन, नेपाली सेनाको काम सलामी र मलामी जस्तो हुन गएको छ । त्यसैले यो संख्या घटाउनु पर्छ र ठूलो संख्यामा रहेका यी सेनालाई विकास निर्माणमा लगाउनु पर्छ ।’

प्रचण्डको त्यो सलामी र मलामी भन्ने शब्दावलीको प्रयोगले ठूलो तरंग सृजना गरेको थियो । पछि उनले आफ्नो अभिव्यक्तिै सैन्य पंक्तिलाई निरुत्साही गर्ने मनसायले आएको हैन भन्दै सच्याएका थिए ।

 

तर  १४ वर्षको यो अबधीमा तत्कालिन नेकपा माओवादी भने औपचारीक रुपमा अस्तित्वमा छैन । एमाले सँगको एकतापछि माओवादी र एमाले नेकपामा रुपान्तरण भएका छन् । तत्कालिन जनयुद्ध सुरु गर्दाका केही नेताहरु अहिले पनि एक्कै ठाँउमा छैनन् । बाबुराम भट्टराई नयाँ शक्ति हुंदै कम्यूनिष्ट सिद्धान्त नै छोडेर अहिले समाजवादी पार्टीमा पुगेका छन् । मोहन बैद्य  आन्दोलनबाट अलग भई नयां शक्ति हुंदै समाजवादी दलमा समाहित भएका छन् ।

राजनीतिक सिफ्ट–त्यसपछि नेपालको राजनीतिले कोल्टे फेर्यो । उनै अलौकिक पात्र प्रचण्ड र ७ राजनीतिक दलका नेता गिरिजाप्रसाद कोईरालासहितको सहमतिमा संसद पुनस्थापना भयो । माओवादीहरु तत्कालिन एमालेसँग बराबरीको हैसियता संसद छिरे । संसदबाटै गणतन्त्र, धर्मनिरपेक्षता जस्ता राजनीतिक उपलब्धिहरु घोषणा भए । सेना समायोजन, संविधानसभाबाट संविधान बनाउने लगायतका महत्वपूर्ण फैसालाहरु भए । 

दुई दुई पटक संविधानसभा चुनाव सम्पन्न भयो । साथै, संविधानसभामार्फत नेपालको संविधान जारी भएको छ । माओवादी जनयुद्धले स्थाति गरेका उनै प्रचण्ड २ पटक यो देशको कार्यकारी प्रमुख प्रधानमन्त्री भईसके । अर्का नेता भट्टराई पनि प्रधानमन्त्री भैसकेका छन् । तत्कालिन जनमुक्ती सेनाका कमाण्डर नन्दबहादुर पुन उपराष्ट्रपति छन् । जनयुद्धले नै स्थापित गरेकी नेतृ ओनसरी घर्ती सभामुख बनिन् । कृष्णबहादुर महरा अहिलेपनि सभामुख छन् । एकाध बाहेक तत्कालिन नृकापा माओवादीका अधिकाँश पोलिटव्यूरो सदस्इहरु राज्यको नेतृत्वदायी पदमा पुगिसकेका छन् ।

तर  १४ वर्षको यो अबधीमा तत्कालिन नेकपा माओवादी भने औपचारीक रुपमा अस्तित्वमा छैन । एमाले सँगको एकतापछि माओवादी र एमाले नेकपामा रुपान्तरण भएका छन् । तत्कालिन जनयुद्ध सुरु गर्दाका केही नेताहरु अहिले पनि एक्कै ठाँउमा छैनन् । बाबुराम भट्टराई नयाँ शक्ति हुंदै कम्यूनिष्ट सिद्धान्त नै छोडेर अहिले समाजवादी पार्टीमा पुगेका छन् । मोहन बैद्य  आन्दोलनबाट अलग भई नयां शक्ति हुंदै समाजवादी दलमा समाहित भएका छन् ।

तत्कालिन माओवादीका वरिष्ठ नेता मोहन वैद्य सानो झुण्ड बनाएर माओवादीकै नाममा राजनीति गरिरहेका छन् भने नेतत्र विक्रम चन्द ‘विप्लव’ अझ पनि ससस्त्र युद्धकै धङकङीमा अभियान चलाईरहेका छन् ।जसलाई सरकारले अपराधिक समूह घोषणा गरी प्रतिबन्ध लगाएको छ । उनै अलौकिक पत्र प्रचण्ड सार्र्वजनिक राजनीतिमा आएको यो १४ वर्षे अवधिमा उनले समेत अनेकौं मोडहरु पार गरेका छन् । राजनीतिक जिवनमा माओवादीको फुट भयो, नेकपाको एकताको हिस्सेदार पनि भए भए । राजनीतिक उपलव्धीका हिसावले नेपालमा गणतन्त्र स्थापना, धर्मनिरपेक्षता, संविधानसभाबाट संविधान, संघीयता, समानुपातिक समावेशीकरण जस्ता विषयलाई स्थापित गराए । 

राष्ट्रियताका सवारलमा जनयुद्धकै बेला भारतसँग लड्न भनेर सुरुङ खन्ने देखि शान्तिपूर्ण राजनीतिमा आएपछि पनि नागरिक सर्बोच्चताका लागि ‘नोकहरुसँग हैन मालिकसँग बार्ता गर्छु भनेर दक्षिण तर्फ फर्कर्दै आफ्ना विरोधीहरुलाई लल्कारे । 
तत्कालिन कटुवाल काण्डमा राष्ट्रियताकै लागि भनेर आफ्नो प्रधानमन्त्री पदबाट राजीनामा दिने नेता नेपालको ईतिहाँसमा संभवत प्रचण्ड मात्रै हुन् । 

शक्तिमा पुगेपछि कहिल्यै छोड्न नमान्ने नेपाली नेताहरुको मनोरोगलाई चिर्दै प्रचण्डले नै पालैपालो प्रधानमन्त्री बन्ने तत्कालिन नेपाली काँग्रेस सँगको समझादारी अनुसार आफ्नो पदबाट राजीनामा दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए ।  तत्कालिन एमालेबाट प्रधानमन्त्री बेनका तीनै जना नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मालाई प्रधानमन्त्री बनाउन आफैं प्रस्तावक बने । यी घटनाक्रमहरु प्रचण्डका निर्णय क्षमताका बहुआयामिकता हुन् । यीनै विषयलाई कतिपयले प्रचण्डलाई अस्थिर नेताको रुपमा आलोचना पनि गर्ने गर्दछन् । 

सार्वजनिक १४ वर्षको यात्रामा उनले अनेकौं आरोह अवरोह संगै विवाद मुक्त भने हुन सकेनन् । सार्वजनिक हुंदाको दिन दिएको अभिव्यक्तिसंगै विवादमा परेका प्रचण्डको त्यो यात्रा अहिलेसम्म पनि पटक पटक दोहोरिरहेको पाइन्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर