• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

ब्रिटेनमा स्यान्डविच र सलाद खादा पाँचको मृत्यु !

तस्विर : वेब

एजेन्सी । ब्रिटेनको एक अस्पतालनमा स्यान्डविच र सलाद खाँदा पाँच जनाको मृत्यु भएको छ । 

प्रारम्भिक जाँचमा खानामा लिस्टिरिया संक्रमणका कारण उनीहरुको मृत्यु भएको बताइएको छ । त्यहाँका स्वास्थ्यमन्त्री म्याट हेनककले घटनाको जाँच गर्न निर्दशन दिएका छन् ।

‘गुड फुड चेन’ नामक खाना बनाउने कम्पनीलाई ब्रिटेनको धेरैजसो अस्पतालमा खानाको आपूर्ति गर्ने ठेक्का दिइएको जनाइएको छ । ती अस्पतालमा बिरामीदेखि लिएर क्याट्रिनसम्मका लागि यहीबाट खाना पठाइने गरिन्छ । 

शनिवारको खानामा जो व्यक्तिले स्यान्डविच र सलाद खाए, उनीहरुको स्वास्थ्य तत्कालै बिग्रिन पुगेको थियो । तीमध्ये पाँच जना गम्भिर अवस्थामा पुगेको चिकित्सकको भनाई छ । 

ब्रिटेन सरकारले पाँच बिरामीको मृत्युपछि अस्पतालको खाद्य पदार्थको परिक्षण गर्न आदेश जारी गरेको छ । स्वास्थ्यमन्त्री हेनककले अस्पतालमा दिइने खानाको कडा जाँच गर्न बताएका छन् । 

त्यसैगरी, उत्तरी पश्चिमी इङग्ल्याण्डमा लिभरपुल र म्यानचेस्टरमा पनि तीन विरामीको मृत्युको खबर आएको छ भने अन्य दुई स्थानको पहिचान हुन सकेको छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर