• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नेपाली किशोरी बेचविखन गर्ने तीन भारतीय नागरिक थुनामा

पाल्पा । जिल्ला अदालत पाल्पाले तीन जना भारतीय युवकलाइ पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । जिल्ला न्यायधीश शंकरराज बरालको एकल इजलाशले नेपाली किशोरी बेचबिखनको अभियोग लागेका तीन जना भारतीय युवकलाइ पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

उनीहरूलाइ मानव बेचिबखन सम्बन्धी मुद्धा अनुसार पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको अदालतका श्रेस्तेदार कृष्ण मुरारी सिग्देलले बताए ।

दुई बालिकासहित एक युवतीलाई विवाह गरेको नाटक गरेर भारततर्फ लैजाने क्रममा पाल्पा प्रहरीले भारत बिहारस्थित बेतियाका २१ वर्षिय मनोहर कुमार, २० वर्षका अभिजित कुमार र १९ वर्षका कालु कुमारलाई एक महिनाअघि पक्राउ गरेको थियो । अनुसन्धान पछि उनीहरूलाइ अदालतमा पेश गरिएको थियो ।

गुल्मी जिल्ला धुर्कोट गाउँपालिकाका बालिका र युवतीलाई तीनै जना युवाले बिवाह गर्ने भनी प्रेममा पारेर भारततर्फ लगेका थिए । गुल्मीको तम्घासबाट भारततर्फ लैजाने क्रममा बालिका र युवतीसँगै तीन युवालाई पाल्पाको रिब्दीकोट गाउँपालिका–३, हार्थोकबाट पक्राउ गरेको थियो ।

पीडित युवतीहरू क्रमस २०, १५ र १४ वर्षका रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर