• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

इतिहासको आँखीझ्यालबाट प्रचण्डको सार्वजनिकीको त्यो दिन  

आजैको दिन डेढदशक पहिला प्रचण्ड, सहयोद्धा डा.बाबुराम भट्टराईसंगै माओवादीकाे नयाँ ड्रेसकोड सफारी सुटमा सिकलेसबाट सिधै बालुवाटारमा पुगेर सार्वजनिक भए । उनी जनयुद्धका प्राधिकार, पार्टीका सर्वोच्च नेता, जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर थिए । बिद्रोहको राप र तापले उनी आशाका केन्द्र, परिवर्तनको दस्तावेज, समर्थक र विरोधीका लागि आस र त्रासका सुप्रिमो पनि थिए । जनयुद्धरुपी जाहाजका जाहाजी प्रचण्ड र डा.बाबुरामको सार्वजनीकिकरण  एउटा नयाँ बिद्रोहको  फेरवदल अभ्यासलाई दुनिया मिहीन पाराले नियालिरहेको थियो ।

जनयुद्ध नयाँ मोर्चामा फेरिदा धेरैकुरा फेरिए । त्याग, आर्दश र मूल्यले नयाँ परिवेशमा नयाँ परिक्षा दिनु पर्ने थियो । ११ हजार ५सय भन्दा ज्याँदाले सहादत र हजाराै वेपत्तो थिए भने हजारौले शरीरमा गोलकिा छर्रा बोकिरहेका थिए । याैवन र सपना क्रान्तिको माहायात्रामा दान गरेका हजारौं कमरेड सार्वजनिक जीवनमा अनेकौँ प्रश्नका जवाफ बन्दै फर्किएका थिए । समाज र पार्टीमा ह्वात्त महत्वकांक्षा पलाएकाे थियाे। परिवार र क्रुर बजारसंग टुटेका संबन्ध जोडिईसकेका थिए । 

मित्र र विमित्रका परिभाषा फेरिएका थिए । आग्रह र कुण्ठा बदलाभावको सितयुद्ध झागिंएको थियो । देवत्वकरण र राक्षेसीकरण अभियान त थियो नै । शान्तियुद्धसंगै सवैले सवैलाई पचाइदिने रणनीति बोकेका थिए । त्यस्तो समय थियो, ०६३ असार २ गतेसम्म पुग्दा । अहिले भने धेरै पानी मेची माहाकालीमा बगीसके । साथी बैरी भए, बैरी मित्र भए । आफ्नै विगत कथाजस्तो लाग्न थाल्यो । जनयुद्धभन्दा मनोयुद्ध कडा हुँदो रहेछ । निर्मम समीक्षा नगरी पार्टी फुट्यो र फुट्दै गयो । आफ्नै गौरवता र इतिहास गह्रुगो भयो ।  

इतिहासको ब्यबस्थापन र पक्षधरता पनि वर्गसंर्घषकै एउटा रुप हो । जनयुद्धका एकाध विभत्सतामा टेकेर मनोयुद्ध चालिन्छन् । यसलाई कार्य, कारण र परिणामसंग जोडिएर हेरेमात्र विषय बुझ्न सकिन्छ । यस लेखमा दुइ विषयमा सम्छिप्तमा चर्चा गर्दछु ।

)‘नेपाली इतिहासमा राज्यसत्ताको क्रमभंग गराउने जनयुद्द कोसेढुगा थियो । कम्युनिष्टहरुलाई विश्वब्यापी प्रतिकूलता भएकोबला चलेको बिद्रोह राजनीतिक मात्रै नभै सामाजिक, सास्कृतिक चोटिलो हस्तक्षेप र प्रहार पनि थियो । जव एकाध मान्छेले देखेका सपनालाई नैतिकपुजी सहितको इक्षाशक्ति राख्न सक्ने नेतृत्वले अपिल ग¥यो भने एकै पटक समाज जुरुक्क उठ्न त सक्दो रहेछ, त्यसको प्राप्तीकालागी नयाँ इतिहास रच्न पनि सक्दो रहेछ तर, फेरिएको अवस्थामा उपलब्धीलाई बचाउन भने कठिन हुँदो रहेछ भन्ने सन्देश अहिले बन्यो ।

माओवादी जनयुद्ध भारत र पश्चिमालाई घाँडो बनेको थियो । पहिला वास्तै गरेनन् जव महत्वदिन थाले त्योवेलासम्म नियन्त्रण बाहिर गईसकेको थियो । भारतको किँगंमेकर प्रान्त बिहार, यूपी र बंगालसंग सीमा जोडिएको यस भूगोलको सम्पूर्ण क्रान्तिलाई भारतले सहज मान्नै सक्दैनथ्यो । घटना नेपालका थिए, खैलावैला पुजीवादी संसारभरी नै फैलिएको थियो । भारतको फैलिदो माओवादी बिद्रोहलाई ध्वस्त गर्नु र सन्देश पनि उस्लाई दिनुथियो । अरबसागरदेखी सगरमाथासम्मको रेड क्यारिडोर फैलिदै गएको बामबिद्रोह ध्वस्त गर्नुथियो ।

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिहले आन्तरिक ठूलो थ्रेटमा नक्सल आन्दोलन –(माओवादी विद्रोह) इंकित गरेका थिए भने नेपाली जनयुद्दले भारतीय माओवादीको मनोवल बढााएको विश्लेषण थियो । सुरुवाती दिनमा भारतीय माओवादीले नेपालमा आएर शैन्य प्रशिक्षण  दिएका पनि हुँन भने भारतमा गएर नेपाली माओवादीले उनीहरुसंग शैन्य प्रशिक्षण पनि लिए् । तर सत्ता–विश्लेष्कहरुको जस्तो भारतीय सेनाले खप्पा बिद्रोहीलाई जस्तै देहरादुनको चक्रतामा तालिम दिएको भन्ने नयाँ कथ्यरच्ने कोशिस मात्र थियो । जनयुद्द ध्वस्त गर्न अमेरिका, पश्चिमा र भारत सवैको चासो र चिन्ता एक थियो ।’ अन्यन्त्र पनि लेखेको छु ।

जनयूद्ध र शान्तियूद्ध बुभ्mन इतिहासका कारक पक्ष नियाल्नुपर्छ । सानैदेशका क्रान्ति, विद्रोह र राजनीतिक घटनाक्रमःले पनि अन्य ठूला र शक्तिशाली देशलाई समेत मनोवैज्ञानिक प्रभाव पार्नेहुँदा ती मुलुकमा हुँने साामान्य घटना पनि उनीहरु चासो राख्छन् । अझ मिहीन ब्यबस्थापन गर्ने प्रयास गर्छन् । दिुवै छिमेकीका विशाल बजार, ठूलो जनशंख्या, प्रचुर कच्चासामाग्री र महाशक्ति बन्ने दौडका बीचमा हामी छौँ ।  

बहुजातिय, बहुसास्कृतिक यस मुलकमा धेरैदिनदेखी मानवविज्ञान प्रयोगशाला बनाउदा राजनीतिमा समेत प्रभावमा प¥योे । त्यसकालागी ०७ साल, १७ साल ०४६, दशवर्षे जनयुद्द र ०६२÷६३ को घटनाक्रम नियालौ । दुई माहाशक्तिबीच रहँदा पनि  असलग्न परराष्ट्रनीति हाम्रा सुरक्षा कवच थिए । तर, अहिले त्यसमा टिकेका भने छैनौँ ।

महाशक्ति र क्षेत्रियशक्ति झन अन्धराष्ट्रवादी राजनीतिक नेतृत्वमा छन् । घृणाका राजनीतिक आवेग र बजार सुरक्षण पहिलो विषय बनेको छ । विश्वब्यापी नयाँ न्यारेटिभको राजनीतिबन्दा तेस्रो ‘विश्वयुद्द’ बनेर इतिहासले कोल्टे फेरिसकेको  भन्ने नयाँ बहस चल्दैछन् ।

सो नीति र नयाँअवस्थाले शीतयुद्दपछि फेरी चीन घेर्न नेपाल मोहरा बन्दैछ । बेलायती उपनिवेशवाट भारत स्वतन्त्रता भए पनि विरासतको राजनीतिक सास्कृतिकमा भने अग्रेजले फाटेको पाइन्ट भारतमै  छोडेरै गएका थिए ।  त्यस्को निरन्तर प्रभाव पर्दैगयो ।

शान्तियूद्धमात्रै राजनीतिक प्रयोगशाला भएको हैन् । प्रचण्डको सार्वजनिक भएका डेढदशक पढ्दा अझ इतिहासका गर्भमा रहेका विषय सतहमा ल्याउन आवश्यक छ । त्योदिन हरेक जनयोद्धाका दील र दिमाग र औकात पनि सार्वजनिक भएर परिक्षा दिईरहेका थिए । 

२) बीपी, महेन्द्र र शीतयूद्द 
सानु देश, ठूलो महत्वःशीतयुद्दको चरमकालमा पहिलो आमचुनावलाई प्रभावित पार्न सिआएका नेपाल प्रतिनिधीले काग्रेसलाई राम्रै आर्थिक सहयोग गरे । दरवारले थाहा पाएपछि उस्लाई पनि ब्यबस्थापन गर्नुपरेको, दुवैलाई गोप्य आर्थिक सहयोग पु¥याउनका साथै खम्पा काण्डमा चीन लक्षित कस्तो खेल खेलेका थिए र नेपालको रणनीतिक महत्व बुभ्mन सिआए एजेण्ट जोन नेथ नस -John Kenneth Knauss) को  अरफेन अफ कोल्ड वार र Duane r\. Clarridge ए स्पाई फर अल टायम्स  पुस्तकले  सान्र्दभिक हुन्छन् । सिआएकै वौद्दिक अनुसन्धानकर्ता लियो रोजको हिमालयन क्षेत्रको अनुसन्धान हाम्रोलागी महत्व राख्छ । अमेरिकी सत्तासंग बीपी कोइराला नजिक भएपछि भारतीय सोसलिष्ट राममनोहर लोहियासंग भने सम्बन्ध चिसियो, कालान्तरमा लोहियाले भेट समेत दिएनन् जयप्रकाश नारायणसंग भने नजिकियो ।

पहिलो निर्वा्चित कोइराला सरकारले सो गुन इजरायललाई एसियामै पहिलो पटक कुटनीतिक सम्बन्ध कायम गरेर ति¥यो । कोइरालाले चुनावमा पराजीत शुर्यप्रसाद उपाध्यायलाई त्यसै गृहमन्त्री बनाएका हैनन् यनडिसीको उपस्थिति गराउने ‘प्रजातान्त्रिक दिल’ नभै त्यो काठमाण्डुको दिल्ली म्यानेजको अश्त्र थियो । तर पनि अमेरिकी लविग र इजरायल प्रशंगको मूल्य १७ सालको घटनामा भने तिर्न प¥यो । जहावरलाल नेहरु र माओत्सेतुगले निर्र्वा्चित वीपी सरकार अपदस्थ र संसद भंगमा दरवारविरुद्द दवाव भने दिएनन् । कालान्तरसम्म फ्री तिब्बत मोभमेन्टमा सक्रिय जर्ज फर्र्ना्डिससंग काग्रेसको सुमधुर संबन्ध भने रहिरह्यो । 

सोभियत रुसको सहयोगी इन्दिरा गान्धीको अमेरिकी लंिवगका वीपीप्रतिको ब्यबहार र क्षेत्रिय हैकमवादको प्रतिकारमा राष्ट्रिय मेलमिलाप नीति जन्मियो । सिक्किम र बंगलादेश प्रसंग शितयुद्द र आक्रमक भारतीय राष्ट्रवादको नतिजा थियो नै । तर, बीपीबाबुले अडिट फर्मुलाको नयाँ न्यारेटिभ स्रिजना गरे ।

सो अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको हैसियत इण्डोनेसियन कम्युनिष्ट पार्टी र डी.यन.अडिटको जस्तो थिएन । असलग्न परराष्ट्रनीति अनुसरणगर्ने इण्डोनेसियाको स्वीकार्नो सोसलिष्ट सरकार अपदस्थ गराउन  सिआइएको भूमिकामा सुहार्तो शैन्य कूको आमनरसंहारको प्रजातन्त्रवादी वीपीले वकालत गर्नु आफैँमा आश्र्चय  थियोे ।

त्यत्रो ठूलो सोसलिष्ट र प्रजातन्त्रकोलागी प्रवासमा लडिरहेको उच्चकदको नेताले डी.यन. अडिटको भयदोहन गर्दै  अडिटवादी निमित्त तर्क कथ्नु शीतयुद्दको सोभियत रुस÷अमेरिकी राजनीतिक खेल थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर