• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

गुठी विधेयकको गलत ब्याख्या भयो –प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकका विषयमा गलत प्रचार गरिएको टिप्पणी गरेका छन् । आफु नेपाल आएदेखिनै यसबारे प्रष्ट पार्ने प्रयास गरिरहेको बताउँदै उनले पार्टी पंक्तिले भने सरकारको संरक्षण नगरेको टिप्पणी गरे ।

‘विधेयकको गलत व्याख्या गरियो’ गुठी विधेयकबारे आफ्नै निवास बालुवाटारमा प्रदेश ३ का सांसद, स्थानीय जनप्रतिनिधि तथा पार्टी नेतृत्वसँग सामुहिक छलफल गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संस्कृती मास्ने सरकारको उदेश्य छैन । विधेयकको धारा २४ ले गुठीयारको हक छिनियो भनेर प्रचार गरिएको छ तर त्यो होईन, गुठीयारको नीजि हक हुदैन भन्नुको अर्थ गुठीको हक हुन्छ भन्न खोजेको हो ।’ 

गुठी विधेयकबारे मन्त्रिपरिषदको आगामी बैठकले आवश्यक निर्णय गर्ने प्रधानमन्त्री ओलीले जानकारी दिए । प्रधानमन्त्री ओलीले छलफलमा सहभागि आफ्ना नेता कार्यकर्तालाई प्रश्न गरे, ‘सरकारले गरेको यो राम्रो कामको पार्टी पंक्तिले किन डिफेन्स गरेन ?’

युरोप भ्रमण सकेर आफु नेपाल झरेदेखिनै एयरपोर्टबाट विधेयकमा समस्या भए संशोधन गर्न सकिने बताएको जानकारी दिदै उनले  सरोकारावालाहरुको राय सुझावका आधारमा सरकारले उपयुक्त निर्णय लिने बताए ।

विधेयक फिर्ता गर्नु समाधान होईन भन्दै प्रधानमन्त्रीले भने, ‘गलत भए सच्याउने हो । संसदमा लाने भनेकै छलफल गरि आवश्यक संशोधन गर्न हो ।’ 

कार्यक्रममा उपश्थित नेकपाका सांसदहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री ओली समक्ष माग गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर