• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

यी दुई देशमा एकै पटक विद्युत आपूर्ति ठप्प, साढे ४ करोड मानिस प्रभावित

तस्विर : वेब

एजेन्स । अर्जेन्टिना र उरुग्वेमा आइतबार ठूलो परिणाममा विद्युत कटौटी भएको छ, जुन केही क्षेत्रमा अझै जारी छ । यस कटौतीबाट साढे चार लाख मानिस प्रभावित बनेको बताइएको छ । 

अर्जेन्टिना र उरुग्वेको संयुक्त पावर ग्रिडमा समस्या आएपछि विद्युत आपर्ति ठप्प बनेको थियो । विद्युत आपूर्ति ठप्प बनेपछि ट्रेनले जहाँको त्यही रोकिनु परेको छ । 

त्यस्तै, अर्जेन्टिनामा यतिबेला गर्भनरका लागि मतदान चलिरहेको छ । मतदाताहरु मोबाइल लाइट बालेर मतदान दिन पुगेको खबर छ । विद्युत ठप्पपछि अधिकारीहरु आपूर्तिको प्रयासमा लागेका थिए, तर जम्मा १० लाखले मात्रै अपरान्हतिर विद्युत उपयोग गर्न पाए । 

बिजुली गएपछि सार्वजनिक यातायत ठप्प र पसलसमेत बन्द भएको बताइएको छ । घरमा चिकित्सकीय उपकरणमा निर्भर विरामीलाई जेनेरेटर उपलब्ध रहेको अस्पतालमा जान अपिल गरिएको थियो । 

‘अर्जेन्टिना र उरुग्वेको विद्युतीय आन्तरिक जडान प्रणालीमा खराबीकारण पुरै अर्जेन्टिना र उरुग्वेमा विद्युत आपूर्ति हुन सकिरहेको छैन’, विद्युत आपूर्ति गर्ने कम्पनी एडेसुले बताएको छ । 

समाचार एजेन्सी एपीका अनुसार, सोमबार बिहानसम्म देशको ९० प्रतिशत क्षेत्रमा विद्युतको व्यवस्था गरिएको अर्जेन्टिामको समाचर एजेन्सीले जनाएको छ । अर्जेन्टिनामा आइतबार ‘फादर्स डे’ भएका कारण सबैभन्दा बढी मर्कामा रेष्टुरेन्ट व्यावसायी परेको समाचारमा जनाइएको छ । 

अर्जेन्टिना र उरुग्वेको एक संयुक्त पावर ग्रिड छ, जुन ब्युनस आयर्सको उत्तरमा ४५० किलोमिटर द्धिपक्षीय साल्टो ग्रान्डे ड्याममा बनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर