• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

लोकसेवाको पछिल्लो विज्ञापन विरुद्ध चितवनमा दलित समुदायको प्रर्दशन ।

चितवन । लोकसेवा आयोगले जारी गरेको पछिल्लो विज्ञापनमा समावेशीता र समानुपातिकता नभएको भन्दै जिल्लाका दलित समुदायले चितवको भरतपुरमा प्रदर्शन गरेका छन् । 

प्रदर्शन पछि उनीहरुले जिल्ला प्रशासन कार्यालय चितवन मार्फत प्रधानमन्त्रीलाई  ४ बुदे ज्ञापन पत्र पठाएका छन् ।  ज्ञापनपत्र बुझ्दै प्रजिअ बस्नेतले यथाशिघ्र दलित समुदायहरूको माग सम्बोधनका लागि यो ज्ञापन पत्र आइतबार  नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंमा पठाउने समेत जानकारी दिए ।

सो ज्ञापनपत्र नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य चक्र रुचाल र नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय नेता खेम दर्जीले संयुक्त रूपमा प्रजिअ बस्नेतलाई हस्तान्तरण गरेका थिए ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवन, नेपाल दलित मुक्ति मोर्चा चितवन, विश्वकर्मा सेवा समाज चितवन, परियार सेवा समाज चितवन, नेपाल मिजार गुठी समाज चितवन, दलित समाज सेवा क्लब चितवन, संयुक्त दलित युवा समाज चितवको संयुक्त आयोजनामा वृहद विरोध ¥याली निकालिएको हो ।

“सम्पूर्ण दलित, उत्पीडित, मधेशी, महिला, मुस्लिम, अल्पसंख्यक समुदाय जाति एक हौ” भन्ने नारा सहित सुरु भएको ¥याली हाकिमचोक हुदै जिल्ला प्रशासन कार्यालयमा गएर सभामा परिणत भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर