• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

जी–ट्वन्टी सम्मेलनको अवसरमा ट्रम्प र पुटिनबीच भेटवार्ता हुने

तस्विर : वेब

मस्को । आगामी साता जापानको ओसाकामा हुने जी–ट्वन्टी समूह राष्ट्रहरूको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने कार्यक्रम तय भएको सोमबार रूसी प्रशासन केन्द्र क्रेमलिनले जानकारी गराएको छ ।

जी–ट्वन्टी समूहको दुई दिने सम्मेलन यही जुन २८ का लागि तय भएकोे छ । 

पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले भने, ‘वासिङ्टनले बिस्तृतरूपमा भेटवार्ता, छलफल र विचारविमर्श गर्न ओसाका सम्मेलनमा आवश्यक तयारी नपुगेका जनाएकाले दुई शक्तिशाली नेताहरूबीच औपचारिक भेटवार्ता हुने कार्यक्रम नरहेपनि सम्मेलनको अवसरमा संक्षिप्त भेटवार्ता भने हुनेछ ।’ 

उनले भने, ‘ओसाकामा दुई नेताबीच औपचारिक भेटवार्ता हुने बारे समाचारहरू आएका छन् तर उहाँहरूबीच संक्षिप्त भेट मात्र हुनेछ ।’

‘अमेरिकी पक्षले अझै शिखर नेतृत्वबीचको औपचारिक भेटवार्ताका लागि आवश्यक तयारी नपुगेको जनाएको छ ।’

पेश्कोभले भने, ‘उहाँहरू ९ट्रम्प र पुटिन०बीच संक्षिप्त भेटका लागि कसैले विमति नराखेको भएपनि उहाँहरूबीच विस्तृत विचारविमर्श भने अन्य कुनै अनुकुल समयमा हुनेछ ।’ 

अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग जी–ट्वन्टी सम्मेलनको अवसरमा भेट हुने सम्भावना रहेको गत हप्ता बताएपनि ट्रम्पसँगको भेटमा अन्य कोही प्रतिनिधिपनि राखिने छ किनकि तपाई (पत्रकार)हरूले कुनै कुरा विश्वास गर्नुहुन्न । 

अमेरिकी राष्ट्रपतिले गत महिना ओसाका सम्मेलनमा पुटिनसँग भेट्ने बताएका थि । तर क्रेमलिनले त्यतिबेला दुईपक्षीय भेटका लागि कुनै सहमति भै नसकेको सङ्केत थियो । 

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलबार सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिका लागि पुनः उम्मेदवारीको घोषणा गर्ने कार्यक्रम भएको अमेरिकी अधिकारीहरूले जनाएका छन् । निर्वाचनका लागि उम्मेदवारी दिएका केही दिनमा दुई नेताबीच हुने भेटवार्तालाई विश्व समुदायले विशेष चासोका रूपमा हेरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर