• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

'लोकसेवा आयोगको बिज्ञापन विभेदकारी '

काठमाडौं ।  नेपाल लोकतान्त्रिक किरातलिम्वु संघ र लम्वुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालले लोकसेवा आयोगको बिज्ञापन स्थगन गर्न माग गरेको छ ।

संघ र मोर्चाले संयुत प्रेस विज्ञप्ती जारी गर्दै लोकसेवा आयोगको उक्त बिज्ञापन संविधानको मर्म र भावना विपरित भएको भन्दै उक्त बिज्ञापन तत्काल स्थगन गर्न माग गरेको हो ।

आयोगले निकालेको बिज्ञापन बिभेदकारी भएको भन्दै यसलाई नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको संघका अध्यक्ष त्रिवेणी चङवाङ र मोर्चा मुक्सामहाङ मेन्याङ्बोद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा उल्लेख छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर