• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

फेसबुकको डिजिटल मुद्रा एप ‘क्यालिब्रा’ सार्वजनिक

तस्विर : बिबीसी

एजेन्सी । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले डिजिटल मुन्द्रा एप ‘क्यालिब्रा’ लञ्च गरेको छ । फेसबुकको इतिहासमा यसलाई सबैभन्दा ठूलो कदममध्ये एक मानिएको छ । 

फेसबुकका अनुसार, ब्लकचेक प्रविधिकबाट विकसित गरिएको क्यालिब्रा विश्वव्यापी क्रिप्टोकरेन्सी हो । यो एपको माध्यमबाट प्रयोगकर्ताहरुले भुक्तानी गर्न सक्नेछन्, जसको म्यासेज सर्भिस ह्वाट्सएपमा उपलब्ध हुनेछ । 

यद्यपि, प्रयोगकर्ताको रकम र डाटा सुरक्षित होला ? र मुद्रोको सम्भावित अस्थिरतालाई लिएर पनि उत्तिकै प्रश्न उठ्छ । 

‘क्यालिब्राले विश्वभरमा अर्बौँ मानिसम्म खुल्ला वित्तीय प्रणाली पुर्याउन सक्ने सम्भावना रहेको फेसबुकका अधिकारी डेविड मार्कसले बताए । 

हाल परिक्षणमा रहेको यो एप सन् २०२० सम्ममा आम प्रयोगकर्ताका लागि तयार गरिनेछ । लञ्च भएपछि फेसबुकको सबै प्लाटफ्म जस्तै, म्यासेन्जर, ह्वाट्एप र इन्स्टाग्राममा काम गर्नेछ । 

प्रयोगकर्ताको पैसा र जानकारी सुरक्षित रहने फेसबुकले बताएको छ । यसका लागि फेसबुकले केही भेरीफिकेसन प्रक्रिया अपनाउनेछ । त्यस्तै, फेसबुक म्यासेन्जरमा पैसा पठाउन र प्राप्त गर्न सकिनेछ । 

ह्वाट्एपको माध्यमबाट पनि रकम लेनदेन गर्न किनेछ । प्रयोगकर्तालाई एक डिजिटल वालेट उपलब्ध गराइनेछ, जसबाट उनीहरुले लेनदेनको जानकारी लिन सक्छन् र पैसा पठाएबापत कुनै कर लाग्नेछैन । 

‘लिब्रा’ एप एक जेनेभामा आधारित गैर–नाफा संस्था हो र यसको उद्देश्य आर्थिक क्षेत्रमा अर्बौँ मानिसलाई सेवा प्रदान गर्नु रहेको र यो फेसबुकको ‘क्रिप्टोकसरेन्सी’ बन्ने फेसबुकको भनाई छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर