• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

गुठी बिधेयकको विरुद्ध माइतिघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं । सरकारले सरोकालवालाहरुसँग छलफल नै नगरी गुठी विधेयक ल्याएको र नेवार सभ्यता नै विस्थापित गर्न खोजेको भन्दै काठमाडौको माइतिघरमा प्रदर्शन भएको छ ।

मंगलवार सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि सरकारलाई खवरदारी गराउन भनेर सरोकारवालाहरुले बुधवार माइतीघरमा विशाल खबरदारी सभा कार्यक्रम आयोजना गरेका छन् ।

१०० भन्दा बढी नेवार संघसंस्थाको संयुक्त आयोजनामा गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम गरेको हो ।  उपत्यकाका तीनै जिल्ला र हेटौंडा, पोखरा, बनेपा, पनौतीलगायतका स्थानबाट हजारौंको संख्यामा मानिसहरु बाजाजागा सहित माइतीघर पुगेका छन् ।

सहभागीले गुठी विधेयक खारेजीको मागसमेत गरेका छन् । उपस्थित सहभागीले विधेयक फिर्ता लिएको नाममा झुक्याउन खोज्ने भएकाले ’फिर्ता हैन, खारेज नै हुनुपर्ने’ माग राखेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर