• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

संसदमा काँग्रेस सांसदको असंसदीय व्यवहार

पूर्वसभामुखहरू भन्छन् : यसले व्यवस्थालाई फाईदा गर्दैन

काठमाडाैं । मंगलबार साँझ साँढे ७ बजे नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मिडियामा विज्ञप्ती पठाए । जुन विज्ञप्तीमा शर्माले दावी गरेका छन् कि संसदमा सभामुखको भूमिका प्रधानमन्त्रीको लाचार छायाँ जस्तो भयो । 

उनको अर्को आरोप प्रधानमन्त्री केपी शर्मा ओलाीप्रति छ । शर्माले भनेका छन्,‘सम्माननीय प्रधानमन्त्रीबाट पत्रकार सम्मेलन मार्फत कतिपय विधेयक विरुद्धको सडकका आवाजहरुलाई ‘लोकतन्त्र विरोधी’ को संज्ञा दिनु झनै आपत्तिजनक छ ।’ 

शर्माले दावी गरेका छन्, ‘केहि समय यता संसद र सडकमा सरकारद्वारा प्रस्तुत गुठी र मिडिया काउन्सील लगायतका विधेयकहरु विरुद्ध व्यापक आवाज उठिरहेको सन्दर्भमा आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्नु पूर्व प्रतिपक्षी नेताले ती विषयहरु उपर आम नागरिकको भावना राख्न चाहनु विल्कुलै स्वभाविक थियो ।

विधेयकहरुका विरुद्ध देशव्यापी रुपमा भइरहेका विरोधका स्वरहरुलाई विधिवत रुपले प्रतिपक्षी नेताले संसदमा प्रविष्ट गराए पछि प्रधानमन्त्रीले त्यस उपर आवश्यक सम्बोधन गर्ने कुरा लोकतान्त्रिक, व्यवहारिक र हार्दिक कुरा हुन्थ्यो । तर त्यस ढंगले सभामुखले बैठक अघि नबढाई सोझै प्रधानमन्त्रीलाई बोल्न निम्त्याएर प्रतिपक्षी स्वरलाई निषेध गर्ने प्रपञ्च गर्दा संसदमा द्वन्द्व हुनु स्वभाविक थियो । प्रधानमन्त्रीको दम्भ र सभामुखको सन्तुलन क्षमता गुमाइसकेको अयोग्यताको परिणाममा आजको घटना भयो ।’

संसदीय राजनीतिको नेपाली अभ्यास र त्यो अभ्यासमा सवैभन्दा धेरै नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली काँग्रेसले विगतमा गरेको व्यवहार पर्गेल्ने हो भने प्रवक्ता शर्माको उपरोक्त दावी र आरोपहरु खण्डित हुन्छन् । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र ओनसरी घर्तीले काँग्रेसले संसदमा देखाएको व्ययवहारप्रति गरेको टिप्पणीले त झन काँग्रेसनै संसदीय व्यवस्थालाई बदनाम र असफल बनाउन लागेको टिप्पणी गरेका छन् ।

त्यतिमात्र हैन नेपाली काँग्रेसकै नेता पूर्व सभामुख दमननाथ ढुंगाना जसले संसद प्रतिपक्षको हो भन्ने मान्यता स्थापित गराए उनैले काँग्रसले मंगलबार संसदमा देखाएको व्यवहार गलत भएको टिप्पणी गरे ।
काँग्रेसले संसदमा मंगलबार देखाएको यो व्यवहार मात्र हैन केही समय यता उसका व्यवहार र अभिव्यक्तिहरु असंसदीय अथवा संसदीय अभ्यास भन्दा विपरित छन् । 

घटना १ – मंगलबार सभामुख कृष्णबहादुर महराले बैठक सुरु हुने वित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्नका लागि समय माग गर्नुभएकाले समय दिन्छु भने । आफ्नो यूरोप भ्रमण, गुठी विधेयक, मिडिया विधेयक लगायतका विषयमा बोल्न भनेर प्रधानमन्त्री पोडियममा पुगे । तर बोल्न पाएनन् । काँग्रेसले पहिला प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बोल्न पाउनुपर्ने अडान लियो । जुन संसदीय परम्परा र अभ्यास भन्दा विपरित थियो ।

घटना २– बैशाख २४ गते प्रधानमन्त्री केपी शर्मा ओली सांसदहरुले सोधेका प्रश्नहरुको उत्तर दिन पोडियममा उक्लिए । सरकारले अघि सारेको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिन प्रधानमन्त्री ओली तयार भएका थिए । 

प्रतिप्रश्न गर्ने क्रममा काँग्रेसका केही सांसदहरुले प्रधानमन्त्री ओलीप्रति ईंगित गर्दै भ्रष्टाचारको व्यक्तिगत आरोप लगाए । जवाफमा प्रधानमन्त्रीले केही निम्छरा प्रश्नहरुको उत्तर दिन परेन बाँकी प्रश्नको उत्तर दिन्छु भनेपछि विपक्षी काँग्रेस आक्राषित भयो । उसले संसद अबरुद्ध गर्यो प्रधानमन्त्रीलाई बोल्न अबरोध सृजना गर्यो । त्यसको प्रवाह नगरि सभामुखले प्रधानमन्त्रीलाई बोल्न लगाए अबरोधका बाबजुत प्रधानमन्त्रीले मन्तव्य सके ।

घटना ३ – पुस २२ गते आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिरहेका काम र प्रतिपक्षी सांसदहरुले उठाएका प्रश्नहरुको १ घण्टा लगाएर जवाफ दिए । मन्तव्य सकिएपछि प्रतिप्रश्न गर्न नपाएको भन्दै काँग्रेसले फेरी अबरोध खडा गर्यो । काँग्रेसका सांसदहरु फ्लोरमा उत्रिए । सभामुखमाथि खरो प्रश्न गरे । गगन थापालगायत कतिपय सांसदहरुले आफ्नो मर्यादा समेत नाघेर सभामुखलाई गाली गरेको सभामुखको सचिवालयले जनाएको छ । 

यी तीन प्रतिनिधि घटना मात्रै हुन् । नेपालको संसदीय राजनीतिमा काँग्रेस आफुलाई यो व्यवस्थाको अगुवा, पहरेदार ठान्छ । तर संसदमा देखिएका काँग्रेसकै गतिविधि संसदीय व्यवस्थाको धज्जी उठाउने खालका छन् । 

संसदीय अभ्यास अनुसार प्रधानमन्त्री बोल्न दिन अन्य नेताहरुलाई बोल्न दिईदैन । अरुले बोलिहाले भनेपनि सवैभन्दा अघि प्रधानमन्त्रीले बोल्ने हो । तर काँग्रेसले पहिलो विपक्षी दलका नेता बोल्न पाउनुपर्ने अड्काे थाप्यो ।

सभामुखले गरिरहेको कामप्रति कुनैपनि सांसदलाई चित्त नबुझेमा औपचारिक रुपमा निवेदन दिन मिल्ने नियमावलीको व्यवस्था छ । तर काँग्रेसका सांसदहरु संसदको फ्लेरमा उत्रिएर सभामुख विरुद्ध चोर औंला ठड्याउँदै गालिगलौज गरे ।

संसद संचालको सम्पूर्ण अन्तिम अधिकारीकता सभामुखकोमा निहित हुन्छ । सभामुखको रुलिङलाई कसैले पनि उलंघन गर्नु असंवैधानिक हुन जान्छ । तर काँग्रेसले प्रश्न उत्तर गर्ने व्यवस्था अनुसार प्रधानमन्त्रीले सम्बोधन नगरेकाले प्रतिप्रश्न सोध्न दिएनन् । तर काँग्रसले त्यसैलाई विषय बनायो । 

त्यसकारण यी तीनै घटनामा काँग्रेसले देखाएको गतिविधि संसदीय व्यवस्थाको विरोधमा छ ।

पूर्व सभामुख ओनसरी घर्ती – घर्ती भन्छिन्, ‘संसदमा पछिल्ला दिनमा भईरहेको गतिविधिले मलाई निराश बनाएको छ । एथेष्ट तयारी नगरिकन संसद चलाउने र लाजैमर्दो ढंगले निक्कै मसिना विषयलाई राजनीतिक मुद्ध बनाएर पटक–पटक अबरोध गर्ने कुरा राम्रो होईन । यसले व्यवस्थलाई, देशलाई, जनतालाई र सम्बन्धीत पार्टीलाई पनि फाईदा गर्दैन ।

लामो राजनीतिक ईतिहाँस बोकेको काँग्रेसले आफ्ना संसदीय भूमिकाप्रति पुनर्विचार गर्नुपर्दछ । प्रधानमन्त्री बोल्न भनिसकेपछि अरु जो सुकै बोलेपनि त्यसपछि बोल्ने चलन हो , काँग्रेसले यो कुरा नबुझेको कि बुझेर पनि सरकारको विरोध गर्न बलियो एजेण्डा नपाएपछि नन् ईस्यूलाई ईस्यू बनाएको ?

पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ– नेम्वाङले समेत काँग्रेसको व्यवहारको खुलेर आलोचना गरे । यस्तो व्यवहारले संसदीय व्यवस्थानै बदनाम हुने र विघटनतर्फ जान सक्ने संभावना औल्याउदै उनले निधार खुम्च्याएर सोच्न आग्रह गरे ।

पूर्व सभामुख दमनाथ ढुंगाना– ढुंगानाले समेत संसदमा पछिल्ला दिनहरूमा काँग्रेसले देखाएकाे व्यवहार ठिक नभएकाे टिप्पणी गरेका छन् । उनले काँग्रेसकाे व्यवहारलाई अमर्यादित मात्र हैन मंगलबारकाे दिनलाई कालाे दिनकाे संज्ञा दिएका छन् । सभामुखले प्रधानमन्त्रीलाई बाेल्न दिइसकेपछि अबराेध गर्नु अमर्यादित कुरा भएकाे बताए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर