• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वकप क्रिकेट : बंगलादेशले अष्ट्रेलियाको सामना गर्दै

आईसीसी एकदिवशीय विश्वकपमा बिहीबार बंगलादेशले अष्ट्रेलियाको सामना गर्दै छ ।  नटिङघमको ट्रेन्ट ब्रिजमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । 

बंगलादेशले ५ खेलमा २ उत्कृष्ट जित निकालेको छ । यही दुई खेलको प्रदर्शनलाई अष्ट्रलियाबिरुद्ध पनि निरन्तरता दिन सके बंगलादेशले अर्को अप्रत्यासित जित हासिल गर्न सक्छ । पछिल्लो खेलमा वेष्ट इण्डिजबिरुद्ध विश्वकपकै दोस्रो सर्बाधिक रन चेजसहितको जित निकालेको बंगलादेशले दक्षिण अफ्रिकालाई पनि पराजित गरेको थियो ।

यता साविक विजेता अष्ट्रेलियाले भने पाँच खेलमा ४ जितका साथ सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाइसकेको छ । उसले भारतबिरुद्ध मात्र पराजय ब्यहोरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर